सडक काट्ने बालेनको कदमविरुद्ध उत्रिए न्यूरोडबासी (तस्बिरहरू) « Khabarhub

सडक काट्ने बालेनको कदमविरुद्ध उत्रिए न्यूरोडबासी (तस्बिरहरू)


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्यूरोड क्षेत्रको सडक काटेर फुटपाथ फराकिलो बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्णयविरुद्ध आन्दोलन सुरु भएको छ ।
यही शनिबार न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको दुवैतर्फ १ मिटर ४० सेन्टिमिटरदेखि २ मिटर ४० सेन्टिमिरटसम्म काटेर फुटपाथ बढाउन लागिएको थियो ।
तीन लेनको उक्त सडक बिनाप्राविधिक जाँच काटिएपछि सडक डिभिजन कार्यालय काठमाडौंले डोजरसहितका मेशिन नियन्त्रणमा लिएको थियो ।
सडक विभागको उक्त कदमले आक्रोशित मेयर साहको निर्देशनमा सडक विभाग र डिभिजन कार्यालय काठमाडौंमा धुलो पोखिएको थियो ।
तर अब मेयर साहको उक्त कदम अनुचित भएको भन्दै न्यूरोडबासीले सोमबार प्रदर्शन गरेका छन् । उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ मानव साङ्लो बनाएर कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।
नयाँ सडकलाई साँघुरो बनाउने महानगरपालिकाको योजनाको विरोधमा स्थानीयबासीले मानव साङ्लो बनाएर सांकेतिक प्रदर्शन गर्दा यातायातसमेत सामान्य प्रभावित भयो ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  १२ : ३० बजे

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा