सहकारी प्रकरणमा सहमति खोज्न फेरि बालुवाटार पुगे कांग्रेस नेता
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको कार्यादेशमा सहमति जुटाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरू फेरि छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
सोमबार बिहान बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि कांग्रेस शीर्ष नेताहरू आन्तरिक छलफल गरेर फेरि बालुवाटार गएका हुन् ।
उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, नेताहरू कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की बालुवाटार पुगेका छन् ।
यसअघि बिहान प्रधानमन्त्री प्रचण्डको आमन्त्रणमा बसेको बैठकमा कांग्रेस उपसभापति खड्का, महामन्त्री थापा, सहमहामन्त्री परियार, नेताद्वय सिटौला र कार्की बालुवाटार पुगेका थिए ।
गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट, निलम्बन गर्न माग
टीओआर टुंग्याउन बसेको बैठक निष्कर्षविहीन, सत्ता पक्ष र विपक्षी आन्तरिक छलफलमा
देश नबनेको दोष कम्युनिस्टले ७० प्रतिशत लिउन्, कांग्रेसले ३० प्रतिशत लिन्छ :विश्वप्रकाश
केपी ओलीलाई विश्वप्रकाशको जवाफ : तपाईंले रौद्ररुप देखाउँदा कांग्रेसले मौनधारण गर्दैन
एमालेले भन्यो : अध्यक्ष ओलीबारेका जथाभावी आरोपमा कांग्रेसले लिखित माफी माग्नुपर्छ
संविधान परिमार्जन गरेर अगाडि बढ्नु पर्छ : डा. शेखर
कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थपियो
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न धनुषा अदालतले आदेश दिएको छ ।
सोमबार जिल्ला अदालत धनुषाले सिरोहियालाई तेस्रो पटक थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
न्यायाधीश यदुराज शर्माको इजलासले अध्यक्ष सिरोहियालाई लागेको नागरिकता कसुरसम्बन्धी आरोपको अनुसन्धान गर्न थप ३ दिनको समय दिएको हो ।
यसअघि न्यायाधीश रोमाकान्त ज्ञवाली र न्यायाधीश चुरामन खड्काको इजलासले तीन(तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
एम्बुलेन्समा चढेर धनुषा अदालत पुगे सिरोहिया
सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै
जबरजस्त संसद् चलाउने कदमको विरोध गर्ने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सकिएको छ । सो पार्टीले सरकारले आफूहरूको माग सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।
सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले पार्टीले अघि सारेको ४० बुँदे मागका बारेमा प्रधानमन्त्रीलाई पुन ध्यानाकर्षण गराउने र आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।
नेकपा एसका उपाध्यक्ष हमालसहितको टोली बुधबार चीन जाने
ठाकुरमोहनमाथि कुटपिट गर्नेलाई उन्मुक्ति, ज्ञानेन्द्र शाहीको आपत्ति
उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा
मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत बदर, ढल्यो गण्डकी सरकार
मधेसका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २३ गते विश्वासको मत लिने बताएका छन् ।
सोमबार जनकपुरमा पत्रकारहरूसँगको कुराकानीमा २१ गतेदेखि बजेट अधिवेशन सुरु हुने र २३ गते आफूले विश्वासको मत लिने मुख्यमन्त्री यादवले जानकारी दिएका हुन्
मुख्यमन्त्री यादवले पालिकाहरूले ससर्त अनुदानका लागि ताकेता गरिरहेकाले कानुनअनुसार नै पैसा पठाइने बताए।
मधेस प्रदेश : सरकारलाई दीर्घकालीन असर पर्ने खालको निर्णय नलिन ध्यानाकर्षण
निजामती सेवा विधेयक आगामी असारभित्र ल्याउछौं : मन्त्री जोशी
विकासको पहिलो पूर्वाधार अझै सडक नै हो : मुख्यमन्त्री कँडेल
पशु अस्पताललाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री अधिकारी
अन्तराष्ट्रिय..
भारतमा उष्ण लहर चल्न थालेपछि जनजीवन प्रभावित
विगत केही दिनदेखि भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ ।
गर्मीसँगै उष्ण लहर प्रवाहित हुन थालेपछि दिल्लीसँग जोडिएको गुरुग्राम शहरका विद्यालयहरू आगामी पाँच दिनका लागि बन्द गरिएको छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार दिल्ली, हरियाणा, पञ्जाब, राजस्थान र उत्तर प्रदेशको पश्चिमी भागमा व्यापक उष्ण लहर चलिरहेको छ । यो अत्यधिक तातो हावा प्रवाहित हुने क्रम आगामी केही दिनसम्म जारी रहने पूर्वानुमान विभागले गरेको छ ।
प्रतिकुल मौसमबाट बालबालिकालाई बचाउनका लागि दिल्लीसँग जोडिएको हरियाणा राज्यको एक भाग गुरुग्राममा कक्षा ८ सम्मका विद्यालयहरू बन्द गरिएको छ ।
रफाहमा इजराइली आक्रमणप्रति म्याक्रोन ‘आक्रोशित’
कतारको आशंका- रफाह हमलाले गाजा युद्धविराम वार्तालाई बाधा पुर्याउन सक्छ
गाजाको राफाह शिविरमा इजरायली आक्रमण, ४० जनाको मृत्यु
प्रतिक्रिया