जनमत पार्टीको सचिवालय बैठक सम्पन्न, सरकार चलायमान बनाउन चार बुँदे निर्णय « Khabarhub

जनमत पार्टीको सचिवालय बैठक सम्पन्न, सरकार चलायमान बनाउन चार बुँदे निर्णय


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस सरकारको नेतृत्व पाएको लगभग ५० दिनसम्ममा भएको प्रगतिको समीक्षा गर्दै जनमत पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ।

जनकपुरधामस्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार देखि सुरु भएको सचिवालय बैठक मधेस सरकारलाई अझ चलायमान बनाउन पार्टीको तर्फबाट चार बुँदे सुझावसहितको निर्णय गर्दै शनिबार बैठक सम्पन्न भएको हो ।

बैठकमा खासगरी मधेस सरकार कामकाजको बारेमा तथा काम गर्न देखिएका कठिनाइको सवालमा केन्द्रित रहेको जनमत पार्टीको सचिवालयले जानकारी दिएको छ । 

पार्टी प्रवक्ता डा.शरद सिंह यादवले भने ‘दुई दिनसम्म चलेको बैठकमा पार्टीले नेतृत्व गरिरहेको मधेस सरकारले कार्यभार सम्हालेको करिब ४९ दिनमा के कतिको प्रगति गर्‍यो ? जनताका समस्यामा कतिको काम गर्‍यो रु सरकार सञ्चालन गर्दा के-के समस्याहरू देखा परेका छन् त्यसको बारेमा छलफल केन्द्रित रहेको थियो ।’ 

प्रवक्ता यादवका अनुसार मुख्यतः यही सेरोफेरोमा रहेर चलेको बैठकमा मधेस सरकारको ४५ दिनसम्ममा भएको गतिविधिको बारेमा समीक्षा गरेको थियो । त्यसपछि सरकारलाई अझ बढी चलायमान बनाउन समीक्षा बैठकले सुझाव दिएको छ  ।

जनमतको सचिवालय बैठकले योसँगै आगामी दिनमा हुने प्रदेश सरकारको कार्ययोजना बारेमा छलफल गरेको थियो भने प्रदेशमा देखिएका बेथितिलाई सुधार गर्दै सुशासन कायम गर्नतर्फ ध्यान दिन मुख्यमन्त्री सिंहलाई निर्देशन दिइएको छ ।

यसैगरी प्रदेशमा व्यापक रूपमा रोजगारीका कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिइएको जनमत पार्टी प्रवक्ता डा. यादवले बताए । बैठकबाट प्राप्त सुझावहरू सरकारको तर्फबाट जनतालाई फाइदा हुने सबै गतिविधि गर्ने मुख्यमन्त्री सिंहले प्रतिबद्धता पनि जनाएको बताइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  २ : ३२ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि