आज २०८१ साल भदौ ११ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ ११ गते मंगलबारको राशिफल


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ ११ गते मंगलबार तदनुसार सन् २०२४ अगष्ट २७ तारिख। भाद्र कृष्ण पक्षको नवमी तिथि। कृष्ण रथयात्रा। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : लामो समय रोकिएका काम बन्नेछन्। धन आर्जन हुनेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ। बोलीको प्रभावले परिवार, समाज र सामाजिक संस्था प्रभावित हुनेछन्।

वृष : सरस्वतीको साथ मिल्नेछ। शिक्षा क्षेत्रमा ठुलो प्रगति होला। निजी क्षेत्रको शिक्षामा लगानी गरे उन्नति हुनेछ। लगानीका लागि हिम्मत गर्नुपर्ने देखिन्छ। परिवारमा संस्कारसहितको प्रेमको सुरुवात हुनेछ।

मिथुन : देखावटी धर्मिक व्यक्ति हुँ भन्ने धेरै मानिसँग परिचय हुनेछ। ठुलो लगानी गर्नुभन्दा भएको सम्पत्तिको संरक्षण गर्नु राम्रो हुनेछ। राज्यको तर्फबाट भय र त्रास हुने जोखिम रहे पनि संकटमा परिवारको साथ मिल्नेछ।

कर्कट : सम्पत्तिको आँडमा रहेर बोल्नाले आफन्त टाँढिने छन्। आफूले माया गरेको धन हात लाग्ने योग छ। वैदेशिक क्षेत्रमा श्रम गरेको क्षेत्रबाट नाफा हुनेछ। तपाईंले जतिसुकै मेहनत गरे पनि परिवारले शंकालु नजरले हेर्ने दिन छ।

सिंह : लगानी गरेको धन फिर्ता नहुने जोखिम देखिन्छ। सोचेर मात्र लगानी गर्नु राम्रो हुनेछ। अरुको बोली सुन्दा झर्को फर्को लाग्नसक्छ। अरुको दोष खोज्न थाल्दा आफ्ना काम ओझेलमा पर्नेछन्। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ।

कन्या : नयाँ ठाउँको यात्रा तय हुनेछ। परिवारमा रमाइलो भेटघाटको अवसर मिल्नेछ। लगानीका क्षेत्रबाट पर्याप्त लाभ हुनेछ। धनको पछाडि लाग्दै गर्दा मर्यादा ओझेलमा पर्ने खतरा देखिन्छ।

तुला : धेरै काम स्थगित गरेर आराम गर्नु राम्रो हुनेछ। साथी नै तपाईंको विरोधमा सक्रिय छन्। आफू अल्पमतमा भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। शिक्षा र परोपकारको क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। संकटमा परिवारको भने साथ मिल्नेछ।

वृश्चिक : मनका कुरा साथीसँग नसुनाउँदा मन अशान्त हुनसक्छ। न्यायपूर्वक गरेको लगानीबाट नाफा हुनेछ। राजनीतिक क्षेत्रमा नाम, दाम र सम्मान मिल्नेछ। परिवारसँगको मेलमिलापले दिन रमाइलो बन्नेछ।

धनु : आफ्नो दक्षता र निरन्तर काममा लाग्ने शैलीको प्रशंसा हुनेछ। स्वदेशमा भन्दा वैदेशिक रमझमले मन तान्नेछ। लगानी भए वैदेशिक क्षेत्रबाट राम्रो फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ।

मकर : शिक्षा र स्वास्थ्य क्षेत्रमा तपाईंको ध्यान जानेछ। जोस र जाँगर पूर्वक व्यवसाय सुरु गरेकाले धर्म र मर्यादा ओझेलमा पर्ने देखिन्छ। सञ्चित धन खर्च हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध कसिलो बन्नेछ।

कुम्भ : दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। मन अशान्त हुनेछ। विभिन्न झन्झटले मनमा बास गर्ने हुनसक्छ। शनिदेव वक्रगतिमा तपाईंको राशिमा घुमिरहेका छन्। बिहान धार्मिक कार्यमा सहभागी हुनाले मन शान्त हुनेछ। शिवको भक्तिले परिवारमा मेलमिलाप हुनेछ।

मीन : तपाईंको श्रमबाट धेरैले लाभ प्राप्त गर्नेछन्। लगानी भए प्राविधिक शिक्षाबाट राम्रो प्रगति हुनेछ। पारिवारिकमा मेलमिलाप हुनाले दिन रमाइलो हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ५ : ०२ बजे

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय

जुम्लाका स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन्

जुम्ला – सरकारले स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं – झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन