राजनीति

एकीकृत समाजवादीमा ७ सचिवका लागि ३३ जनाको उम्मेदवारी 

By खबरहब

August 27, 2024

काठमाडौं–नेकपा एकीकृत समाजवादीमा ७ जना सचिवका लागि ३३ जनाको उम्मेदवारी परेको छ ।

आज हुने १८ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यको निर्वाचनमा १ दलित सचिव १ आदिवासी सचिव र ५ खुल्ला सचिवको पनि निर्वाचन हुँदै छ ।

दलित सचिवमा निर देशी जैरु, गणेशबहादुर विश्वकर्मा र कृष्णबहादुर नेपाली भिड्दै  छन् ।

यस्तै आदिवासी सचिवमा वलदेव चौधरी, राजन राई र टोकबहादुर तामाङ प्रतिस्पर्धामा छन् ।

यस्तै ५ जना खुल्ला सचिवमा २७ जनाको उम्मेदवारी परेको हो ।

सूचीसहित  १‍. श्रीनाथ बराल २. प्रेमलकुमार खनाल ३. कृष्णप्रसाद शर्मा खनाल ४।घन प्रसाद गौतम ५. धर्मराज पौडेल ६- डा. वंशीधर मिश्र ७. धर्मराज निरौला ८. शेरबहादुर कुँवर ९. राजेन्द्रमान श्रेष्ठ १०. दामोदर अर्याल ११. शिवप्रसाद भण्डारी १२. चन्द्रबहादुर शाही १३. रामेश्वर श्रेष्ठ १४. सोमप्रसाद पाण्डेय १५. भाष्कर काफ्ले १६. सावित्राकुमारी भूसाल १७. दिकुमारी पन्त १८. नरेशकुमार शाही १९. सुधिरप्रसाद शाह २०. दिर्घबहादुर सोडारी २१. केशवकुमार विष्ट २२. शेरबहादुर के।सी। २३. धनराज आचार्य २४. रत्नेश्वर गोइत यादव २५।हस्तबहादुर शाही २६. गुरुप्रसाद बुर्लाकोटी २७. विदुरप्रसाद सापकोटा