१११ अंकले घट्यो नेप्से, कारोबार १८ अर्बमाथि | Khabarhub Khabarhub

१११ अंकले घट्यो नेप्से, कारोबार १८ अर्बमाथि


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११.९६ अंकले घटेको छ । आज नेप्सेमा भारी गिरावट आएसँगै २० कम्पनीको मात्र शेयर मूल्य बढेको छ ।

मंगलबार ३३० वटा कम्पनीको शेयर कारोबार हुँदा २२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रि ओपन सेसनमा ५ अंकले बढेर सुरु भएको शेयर बजार बजार खुलेको केही समयबाट नै घट्न थालेको थियो । बजारले ४ पटक तल झरेर माथि उठ्न खोजेता पनि बजार भने माथि जान सकेन । बजार बन्द हुनुभन्दा अन्तिम ३ मिनेटमा केही अंकले बजार सुधार आउँदा १११ अंकले बजार घटेर बन्द भयो ।

आज नेप्से ३.८६ अंकले घटेर २७८२.६० विन्दुमा कायम भयो । नेप्सेमा भारी गिरावट आएसँगै १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर किनबेच भयो ।

आज १३ वटा समूहमध्ये होलट एण्ड टुरिजम समूहबाहेक अन्य १२ वटा समूह राताम्य भयो । आज होलट एण्ड टुरिजम समूह ०.४३ प्रतिशतले बढेर ७२८१.२७ विन्दुमा पुग्यो ।

त्यस्तै वाणिज्य बैंक ४.९२ प्रतिशतले, विकास बैंक ४.१८, फाइनान्स ४.६९ प्रतिशत, हाइड्रो ३.९६ प्रतिशत, इन्भेष्टमेन्ट ४.१३ प्रतिशत, जिवन बीमा ३.६५ प्रतिशत, उत्पादन २.९३ प्रतिशत, लघुवित्त २.९६ प्रतिशत, म्यूचअल फण्ड १.०९ प्रतिशत, निर्जीवन बीमा २.४५ प्रतिशत र अन्य समूह ३.८५ प्रतिशतले घट्यो ।

आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने थप एक कम्पनीको शेयर मूल्य ६ प्रतिशत भन्दा बढीले बढ्यो । नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । थप ६ वटा कम्पनीको शेयर मूल्यमा भने ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ३ : १९ बजे

गायिका नितु पौडेलको निधन

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित बर्न

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु