नाडा अटो शोका आकर्षण विद्युतीय कार (तस्बिरहरू) « Khabarhub

नाडा अटो शोका आकर्षण विद्युतीय कार (तस्बिरहरू)

लञ्च भएकै दिन आउन थाल्यो अर्डर


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नाडा अटो शो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा यो अटो शो सुरु भएको हो । अटो शो भदौ १६ गतेसम्म चल्ने छ ।

यसमा सबैभन्दा बढी विद्युतीय गाडी छन् । अटो शोमा घुम्न आउनेको आकर्षण यिनै गाडी भएका छन् । अटो शोको औपचारिक उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरे ।

शोमा सबैभन्दा बढी विद्युतीय गाडीहरूको प्रदर्शन गरिएको छ । विभिन्न कम्पनीहरूले नयाँ इभी गाडी लञ्च गरेका छन् ।

जसमा आज लञ्च भएको सबैभन्दा महंगो गाडीमा एमजी मोटर्सको २ सिटको स्पोर्टस कार छ । यसको डिजाइन पनि आकर्षक छ । विभिन्न कम्पनीले शोमा आकर्षक अफर पनि ल्याएका छ्न् ।

एमजीको यो गाडीको ब्याट्री ७७ किलोवाट र मोटर २५० किलोवाटको छ । यसको ड्राइभिङ रेन्ज ५ सय किलोमिटर छ ।

यो गाडी ५ वटासम्म कलर भेराइटीमा पाउन सकिन्छ । यसको मूल्य १ करोड ६८ लाख छ । मार्केटमा आएका इभीहरूभन्दा यो केही महंगो रहेको एमजी मार्टसका सेल्स अफिसर शिरिष उपाध्यायले बताएका छन् ।

उनका अनुसार लञ्च भएको केही बेरमै यो गाडी ४ वटा अर्डर भइसकेका छन् । शोका लागि ल्याइएको उक्त गाडी बिक्री भएको उनले बताए ।

यस कारमा क्यामेरादेखि ४ वटा स्क्रिन छन् । यसको टायरदेखि लिएर सिटसम्म सबै लक्जरियस भएकाले ग्राहकहरू आकर्षित भएको उपाध्यायले बताएका छन् ।

इभीमा सबैभन्दा बढी माइलेज दिनेमा जी माटर्सले नेपालमा ल्याएको स्काईवेल बी ११ छ । यसको माइलेज रेन्ज ६२० किलोमिटर छ ।

यसमा ब्याट्री ८६ किलोवाटको छ । यसको मोटर १ सय ५० किलोवाटको छ । यस गाडीमा ४ वटा सिट छन् । जसमा पछाडिका दुईवटा सिट फोल्ड गरेर सुत्न मिल्ने बनाउन मिल्छ ।

यस्तै, यस गाडीबाट अन्य गाडीहरूलाई पावर पनि दिन मिल्छ । यसभित्रै इनडक्सन चुलो प्रयोग गर्न मिल्ने सुविधा पनि छ ।

यसको मूल्य १ करोड ५० लाख छ । नाडा अटो शोमा ५ लाख छुट गरिएको छ । यसमा पनि ४ वटा कलर उपलब्ध छन् ।

यस्तै, लिपमोटरको सी–१०, एक्सपेङको जी–६, जिकरको एक्स, अवतारको अवतार–११ र चांगनको डिपल एल–०७ गाडी पनि आकर्षक छन् । डिपलबाहेक अन्य सबै ब्रान्ड मंगलबार नै नाडा अटो शोमा लञ्च भएका हुन् ।

५ वटै प्रिमियम इलेक्ट्रिक गाडीको फिचर र पावरट्रेन उस्तै छ । यी गाडीको मूल्य ७० लाखदेखि १ करोड ६० लाखसम्म छ ।

शोमा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनका लागि राखिएको छ ।

३३ कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने छन् । जसमा १३० स्टलहरू रहेका छन् ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ६ दिनको अवधिमा ७५ हजार आगन्तुकलाई आकर्षित गर्ने अपेक्षा गरिएको जनाएको छ । शोमा १५ देखि २० अर्ब रुपैयाँको कारोबार हुने अपेक्षा छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ७ : ४२ बजे

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको