आजका समाचार : संसदमा पड्किए प्रचण्ड, पदाधिकारी छान्दै समाजवादी, प्रहरीबारे सर्वोच्चका दुई आदेश | Khabarhub Khabarhub

आजका समाचार : संसदमा पड्किए प्रचण्ड, पदाधिकारी छान्दै समाजवादी, प्रहरीबारे सर्वोच्चका दुई आदेश


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

एकीकृत समाजवादीको निर्वाचन : पानीको ड्रममा खसालिँदै मत (तस्बिरहरू)


माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा ‘मिनी महाधिवेशन’ जारी छ। दशौँ महाधिवेशन असारमै सकिएको अवस्थामा पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि अहिले चुनाव भइरहेको छ ।

गत असार १६-२० मै दशौँ महाधिवेशन सकेको समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुँदैछ । पदाधिकारीतर्फ वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे निर्विरोध भएकाले १७ पदाधिकारीका लागि धमाधम मतदान भइरहेको छ ।

प्रचण्डले खोजे कांग्रेस-एमालेले माओवादीलाई दिएको धोकाको हिसाबकिताब

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता राजनीतिमा कांग्रेस र एमालेले आफूलाई दिएको धोकाको हिसाब खोजेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता दाहालले माओवादीको बलमा कांग्रेस र एमाले पटक पटक सत्तामा गएर पनि उल्टै आफूलाई धोकेबाजको आरोप लगाएको गुनासो गरे ।

‘प्रचण्ड अब सत्ताको खेलमा छैन, सरकार एक्लै चलाउने हो’

राष्ट्रिय महत्वका योजना हटाउन थालेकोमा अध्यक्ष प्रचण्डको आपत्ति

विद्युत् प्राधिकरण विवादमा प्रचण्ड : कुलमानलाई होइन, केपी ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ

‘दुई तिहाइको सुशासन एक साता पनि टिकेन’

‘माओवादी अब सत्ताको खेलमा छैन, प्रचण्डलाई फकाउन नआए हुन्छ’

संसद्‍बाट प्रचण्डको चुनौती- सरकारका हरेक अपराध नङ्ग्याउँछौँ, रमिते बन्दैनौँ

‘संविधान संशोधनका नाममा जनताका अधिकार खोसे माओवादीले प्रतिकार गर्छ’

अब माओवादीलाई एक्लै सत्ताको नेतृत्व गर्ने पार्टी बनाउँछौँ : प्रचण्ड

प्रचण्डलाई रघुजीले भने- प्रधानमन्त्री गुमेपछि यति औ‍डाहा र छटपटी किन ?

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबारे अमरेशको टिप्पणी- घण्टी बज्यो, नेताहरू सच्चिनु पर्छ

प्रतिनिधिसभा : बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग

टुँडिखेल घटनाबारे रवि लामिछाने- जनताको हस्तक्षेप सुरु भयो, दलहरू सच्चिनुपर्छ

प्रवेशाज्ञा लिएरमात्रै ब्राजिल ‘ट्रान्जिट’बाट अन्य मुलुक जान सरकारको आग्रह

सरकारले प्रवेशाज्ञा लिएरमात्रै ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन आग्रह गरेको छ । ब्राजिलियास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर प्रवेशाज्ञा लिएरमात्रै ब्राजिल वा त्यहाँ हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन आग्रह गरेको हो ।

ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाललगायत केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएको अवस्थामा मात्रै ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको दूतावासले जनाएको छ ।

सरकारले ल्याएको प्याकेजमा आशंका नगर्न मन्त्री पाण्डेको आग्रह

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सकेको अवस्थामा लाखौँ पर्यटकहरू भित्राउन सकिने बताएका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालकहरूसँगको छलफलमा मन्त्री पाण्डे उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘देश आर्थिक लगायतका जटिलतामा गज्रिरहेको छ । यो सङ्कटको अवस्था हुँदा हुँदै पनि सरकारले विभिन्न प्योकज ल्याएर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न खोजेको छ।’ उनले देशको जटिलतालाई बुझेर सरकारले गरेको निर्णय कम मान्न नहुने बताए ।

दुई वर्षभित्र नेपाललाई विकासशील राष्ट्र बनाउँछौँ : उद्योगमन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सन् २०२६ सम्म नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा सरकार अन्त्यता संवेदनशील रहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री भण्डारीले आजको नेपालको अर्थतन्त्र, जिडिपीको तहको सुचकांकका आधारमा विकासशील राष्ट्रमा स्तरोन्नति गर्न चुनौती रहेको भए पनि यसमा सरकार अन्त्यता संवेदनशील र गम्भीर रहेको बताएका हुन् ।

प्रस्तावित १७ राजदूतहरूको संसदीय सुनुवाइ भदौ १४ बाट

संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भाद्र १४ गतेदेखि सुरु गर्ने भएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको कार्यतालिका पारित गरेको हो ।

कार्यतालिका अनुसार भदौ १४ गते समितिले प्रस्तावित राजदूतहरूमाथि परेका उजुरीका उजुरीकर्ताहरूसँग छलफल गर्नेछ । बिदाको दिन बाहेक भदौ १६ देखि २५ सम्म प्रस्तावित राजदूतहरूबारे संसदीय सुनुवाइ हुने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

प्रहरीमा ३० वर्षे सेवाअवधि रोक्ने आदेशविरुद्ध भ्याकेट निवेदन

नेपाल प्रहरीको ३० वर्षे सेवाअवधि लागु नगर्नू भनि सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध गृह मन्त्रालयले मंगलबार भ्याकेट निवेदन दर्ता गराएको छ ।

गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च सर्वोच्चमा भ्याकेटको निवेदन दर्ता गराएको गृह मन्त्रालय कानून महाशाखाका प्रमुख भरतमणि रिजालले बताए ।

सशस्त्रमा ३० वर्षे हटाउन सर्वोच्चद्वारा अस्वीकार, डीआईजीसहित १८ अधिकृत अवकाशमा जाँदै

तलबमान समायोजनसम्बन्धी परमादेशविरुद्ध सरकार पुनरावलोकनमा

ओमानी राजदूतले गरे नेपालीको प्रशंसा, थप श्रमिक लैजाने प्रतिबद्धता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र उनको निमन्त्रणामा सोमबार नेपाल आएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच द्विपक्षीय वार्ता भएको छ । उनीहरूबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसम्बन्धी विषय, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो । वार्तामा नेपाल तर्फबाट मन्त्री डा राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायत अधिकारी र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरू सहभागी थिए ।

प्रधानमन्त्रीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता

अन्तर्राष्ट्रिय…

मोदी र पुटिनबीच कुराकानी

युक्रेनी ऊर्जा केन्द्रमा रूसी हमला : बाइडेनको विरोध, सहयोग जारी राख्ने

चीनको जासुसी विमान आफ्नो क्षेत्रमा प्रवेश गरेको जापानको आरोप

क्यानडाले विदेशी श्रमिकको संख्या घटाउने

भारत यसैवर्ष तेस्रो ठूलो अर्थतन्त्र बन्छ : आईएमएफ उपनिर्देशक गोपिनाथ

पेशावरका ९ हजार प्रहरीमध्ये आधा भीआईपीको सुरक्षामा, बाँकीलाई ५० लाख जनताको जिम्मा

खेलकुद…

इटालियन सिरी ए : युभेन्टसको दोस्रो जित

साफ यू–२० च्याम्पियनसिप : फाइनलमा नेपालको प्रतिद्वन्द्वी बंगलादेश

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ८ : १४ बजे

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा

नेपाललाई भारतको सहयोग : पुलका स्टिल पार्टपुर्जा हस्तान्तरण

काठमाडौं– भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

सिरहा– रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा