उर्लाबारीमा आठपहरिया समुदायले मनाए वाडाङमेट पर्व « Khabarhub

उर्लाबारीमा आठपहरिया समुदायले मनाए वाडाङमेट पर्व


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको उर्लाबारी-९ स्थित अल्पसंख्यक आठपहरिया समुदायले वाडाङमेट (मंसिरे चाड) मनाएका छन् । किरात आठपहरिया समाज मोरङ जिल्ला कार्यसमितिको आयोजनामा यो पर्व मनाइएको हो ।

वाडाङमेट आठपहरिया समुदायको मुख्य पर्व हो, जसलाई प्रत्येक वर्ष कात्तिक पूर्णिमादेखि सुरु गरी १५ दिनसम्म मनाइन्छ। यस पर्वका अवसरमा समुदायले पितृ पूजा, जन्म र मृत्युसँग सम्बन्धित विभिन्न संस्कार सम्पन्न गर्छन् ।

यस अवधिमा सुनसरीको बराह क्षेत्रमा वर्षभर मृत्यु भएका आफन्तको सम्झनामा दुःख बगाउने परम्परा छ। यस्तै, जेठो सन्तान प्राप्त भएको खुसियालीमा भोज खाएर खुशी साटासाट गर्ने परम्परा छ ।

मारुनी नाच, ढोल बजाउने, र मौलिक मुन्धुम गाउँदै उत्सव मनाउने परम्पराले समुदायलाई वर्षभरिको पीर मर्का बिर्साउने गर्छ। पर्व मनाउन टाढा भएका सदस्यहरू पनि घर फर्किने चलन छ ।

आठपहरिया समुदायका लागि वाडाङमेट धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। किरात आठपहरिया समाजका मोरङ जिल्ला अध्यक्ष हरि आठपहरियाका अनुसार यो पर्वले पितृपूजाका साथै वर्षभरिका दुःखलाई चोख्याउने, नयाँ घर निर्माणको शुद्धिकरण गर्ने, र पहिलो सन्तानको आगमनमा हर्षबढाइँ गर्ने परम्परा छ ।

यस पर्वमा कात्तिकको भाइटिकाको दिन जमरा राखेर देवी आह्वान गरिन्छ, र मंसिर औंसीसम्म विभिन्न विधि पूरा गरिन्छ ।

तेह्रथुमको पञ्चकन्यामा विष्णु भगवानले बराह अवतार लिएको किंवदन्ती यो पर्वसँग जोडिएको छ। बराहलाई समुदायले आफ्नो इस्टदेवी मार्गा थानीका दाजुको रूपमा पूजा गर्ने चलन छ। यस कारण आठपहरियाहरूले मार्गालाई आमा र बराहलाई मामाको रूपमा सम्मान गर्छन् ।

वाडाङमेट पर्वको अवसरमा माङकाटा (धामी) बाट जोखाना हेर्ने, शुभकार्यका लागि दियो बत्ती हेर्ने, ढोल झ्याम्टा बजाएर वढाङमी र मारुनी नृत्य प्रस्तुत गरिन्छ।

आदिवासी जनजातिमा सूचीकृत हुन माग गर्दै आएको आठपहरिया समुदायको यो चाड, सामाजिक, धार्मिक, र सांस्कृतिक महत्वका कारण विशेष मानिन्छ। यो समुदायले आफ्नो मौलिक संस्कृति र पहिचान जोगाउँदै निरन्तर पहिचानका लागि संघर्ष गर्दै आएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ३ : २९ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने