यमनमा हवाई आक्रमण भइरहेको समयमा पुगे डब्लुएचओ प्रमुख | Khabarhub Khabarhub

यमनमा हवाई आक्रमण भइरहेको समयमा पुगे डब्लुएचओ प्रमुख


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

साना – यमनमा हवाई आक्रमण भइरहेकै समयमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख र अन्य राष्ट्र सङ्घका अधिकारी सानाको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

सामाजिक सञ्जालमा डब्लुएचओका महानिर्देशक टेड्रस आर्धहन गेब्रेसियसले उनी र अन्य कर्मचारी बमबारी भइरहेकै समयमा विमानस्थलमा पुगेका बताएका छन्।

विमान चालक दलका एक जना घाइते समेत भए। उनका अनुसार सोही स्थानमा भएको आक्रमणमा दुई जनाको ज्यान समेत गएको छ।

हाउथीले सञ्चालन गरेको सञ्चार माध्यमका अनुसार ऊर्जा केन्द्र र बन्दरगाहमा भएको आक्रमणमा कम्तीमा ३ जनाको ज्यान जानुका साथै दर्जनौँ घाइते भएका छन्।

इजरायल डिफेन्स फोर्स (आइपिएफ)ले पश्चिम तट र यमनमा हाउथीको प्रभाव क्षेत्रलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ।

आइडिएफले साना विमानस्थालको सैन्य संरचनामा आक्रमण गरेको जनाएको छ। हाउथीका प्रमुख मोहम्मद अलि हाउथीले सो आक्रमण अमानवीय र त्रासदीय रहेको बताए ।

उनले गाजामा युद्ध भएसम्म अमेरिका र इजरायलको अहङ्कार कायम रहने बताए।प्रहरी अस्पतालमा कार्यरत डा. अब्बबास राजेहले सो आक्रमण लगत्तै १० जनालाई उपचार गरेको तथा एक जना मरेको समेत बताए।

इरानले सो आक्रमणलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका सबै मापदण्डका उल्लङ्घन भनेको छ। सन् २०२३ को अक्टोबर महिनामा सुरु भएको गाज युद्धको पहिलो महिनादेखि नै हाउथीले इजरायलमा आक्रमण गरी रहेको थियो।

यसै साताको सुरुवातमा इजरायलले हाउथी माथिको आक्रमण तीव्र बनाउने जनाएको थियो। सो आक्रमणमा माथिल्लो तहको नेतृत्वलाई निसाना बनाइने जनाइएको थियो।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ९ : ०० बजे

सन् २०२४ मा असुरक्षित सलमान, के-के भयो बलिउडमा ?

काठमाडौं – वर्षको अन्तिमसम्म आइपुग्दा एक हजार ४७६ भन्दा बढी

सशस्त्र प्रहरीमा ‘ग्रासरुट’ फुटबल प्रशिक्षण

काठमाडौं – दक्ष र अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ

प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतार्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालयबाट प्राप्त ज्ञानलाई व्यवहारिक

बालेनभन्दा जेठो तीनकुनेको जग्गा विवाद

काठमाडौं – सङ्घीय राजधानी काठमाडौंस्थित काठमाडौं महानगरको नेतृत्व यतिबेला ३४

स्थानीय स्रोत-साधनमा जोड दिन आवश्यक : मन्त्री भण्डारी

पाटन – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय स्रोत