मधेस सरकारद्वारा ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा « Khabarhub

मधेस सरकारद्वारा ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेश प्रदेश सरकारले प्रदेशका साढे ७ सय पत्रकारहरूको सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्ने सम्झौता गरेको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकारहरूको सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्न शुक्रबार एक कार्यक्रमकाबिच राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयको कार्य क्षेत्रसमेत रहेको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशका पत्रकारहरूको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत प्रतिव्यक्ति ७ लाख रुपैयाँको दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्न लागेको छ ।

श्रमजीवी पत्रकारहरूको सहजताका लागि स्वास्थ्य बीमा गर्न लागिएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जानकारी दिए ।

पत्रकार महासंघ तथा पत्रकार सम्बद्ध विभिन्न संघसंगठनको विशेष अनुरोधमा आम सञ्चार प्राधिकरणमार्फत पत्रकार स्वास्थ्य बीमा गर्न लागिएको उनले बताए । यो बीमालाई आगामी वर्षमा निरन्तरता दिँदै जाने लक्ष्य रहेको उनले जानकारी दिए ।

आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मधेश प्रदेशका सम्पूर्ण पत्रकारहरूको १ लाखसम्मको स्वास्थ्य बीमा र ७ लाखसम्मको दुर्घटना बीमा गरिने जानकारी दिए ।

यादवले प्राधिकरणको जिम्मेवारी सम्हालेदेखि नै सञ्चार क्षेत्रमा नयाँ कामहरू गर्ने प्रयास निरन्तर जारी राखेका छन् ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ५ : १६ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक