अख्तियारद्वारा घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचारको मुद्दा दायर « Khabarhub

अख्तियारद्वारा घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले घुस लिने राहदानी विभागमा करारमा कार्यरत् इन्जिनियर प्रदीप भट्टराई र घुस दिने सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध घुस रकम लेनदेनको अभियोगमा आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका भट्टराईले राहदानी बनाएबापत  सुमित्राबाट ३४ हजार घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार उनीहरूसँग ३४ हजार रकम बिगो दाबीसमेत गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  २ : ४७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका