बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा, भाजपासँग मिल्ने संकेत « Khabarhub

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा, भाजपासँग मिल्ने संकेत


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । बिहारमा राजनीतिक उथलपुथलसँगै मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका हुन् ।

जनता दल युनाइटेडका नेता नितिश कुमारले राष्ट्रिय जनता दल आरजेडी र कांग्रेस सम्मिलित ‘महागठबन्धन’ मा आबद्ध भइ बिहारको सरकार चलाइरहेका थिए । गत साता बिहारमा विकसित घटनाक्रमसँगै नितिश कुमारले महागठबन्धन परित्याग गरी केन्द्रको सत्तामा रहेको भारतीय जनता पार्टी भाजपासँग मिलेर सरकार चलाउने अड्कलबाजी चुलिएको थियो ।

उनले आइतबार बिहान ११ बजे राजभवन पुगेर राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरसमक्ष राजीनामा पत्र बुझाएका हुन् । उनले आफूले जनता र पार्टीका नेता कार्यकर्ताको सल्लाहमा पदबाट राजीनामा बुझाएको बताए । उनले बिहारको राजनीतिमा सबै कुरा ठिक नभएकाले राजीनामा दिएको दाबी गरे ।

बिहार राजभवनले पनि नितिश कुमारले पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मा जानकारी दिँदै नयाँ विकल्प नआएसम्म नितिश कुमार नै कार्यवाहक मुख्यमन्त्री रहने राजभवनले उल्लेख गरेको छ ।

२४३ सिट रहेको बिहार विधानसभामा आरजेडीको ७९, भाजपाको ७८ र जेडियूको ४५ र कांग्रेसको १९ सिट रहेको छ । यस्तोमा नितिश कुमारले भाजपा नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन एनडीएमा सम्मिलित केही साना दलहरुसँग मिलेर बिहारमा सरकार बनाउने तयारी गरिरहेको बताइएको छ ।

सन् २०१४ को निर्वाचनअघि सन् २०१३ मा नितिश कुमार एनडीएबाट अलग भएका थिए । पछि उनले आरजेडी र कांग्रेससँग मिलेर महागठबन्धन बनाएका थिए । पछि सन् २०१७ मा फेरि नितिशले महागठबन्धन परित्याग गरी एनडीएसँग मिल्न पुगेका थिए । त्यसको केही समयपछि उनी पुनः महागठबन्धनमा फर्किएका थिए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ३ : ०६ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी