बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा, भाजपासँग मिल्ने संकेत | Khabarhub Khabarhub

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा, भाजपासँग मिल्ने संकेत


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । बिहारमा राजनीतिक उथलपुथलसँगै मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका हुन् ।

जनता दल युनाइटेडका नेता नितिश कुमारले राष्ट्रिय जनता दल आरजेडी र कांग्रेस सम्मिलित ‘महागठबन्धन’ मा आबद्ध भइ बिहारको सरकार चलाइरहेका थिए । गत साता बिहारमा विकसित घटनाक्रमसँगै नितिश कुमारले महागठबन्धन परित्याग गरी केन्द्रको सत्तामा रहेको भारतीय जनता पार्टी भाजपासँग मिलेर सरकार चलाउने अड्कलबाजी चुलिएको थियो ।

उनले आइतबार बिहान ११ बजे राजभवन पुगेर राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरसमक्ष राजीनामा पत्र बुझाएका हुन् । उनले आफूले जनता र पार्टीका नेता कार्यकर्ताको सल्लाहमा पदबाट राजीनामा बुझाएको बताए । उनले बिहारको राजनीतिमा सबै कुरा ठिक नभएकाले राजीनामा दिएको दाबी गरे ।

बिहार राजभवनले पनि नितिश कुमारले पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मा जानकारी दिँदै नयाँ विकल्प नआएसम्म नितिश कुमार नै कार्यवाहक मुख्यमन्त्री रहने राजभवनले उल्लेख गरेको छ ।

२४३ सिट रहेको बिहार विधानसभामा आरजेडीको ७९, भाजपाको ७८ र जेडियूको ४५ र कांग्रेसको १९ सिट रहेको छ । यस्तोमा नितिश कुमारले भाजपा नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन एनडीएमा सम्मिलित केही साना दलहरुसँग मिलेर बिहारमा सरकार बनाउने तयारी गरिरहेको बताइएको छ ।

सन् २०१४ को निर्वाचनअघि सन् २०१३ मा नितिश कुमार एनडीएबाट अलग भएका थिए । पछि उनले आरजेडी र कांग्रेससँग मिलेर महागठबन्धन बनाएका थिए । पछि सन् २०१७ मा फेरि नितिशले महागठबन्धन परित्याग गरी एनडीएसँग मिल्न पुगेका थिए । त्यसको केही समयपछि उनी पुनः महागठबन्धनमा फर्किएका थिए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ३ : ०६ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै