ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन « Khabarhub

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतको उपस्थितिमा ताप्लेजुङमा आजदेखि निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङद्वारा तीन दिनसम्म शिविर सञ्चालन हुने जनाइएको छ ।

तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन हुने डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिए। उनका अनुसार उक्त शिविर जिल्लास्थित नेत्रज्योति सङ्घ, तिलगङ्गा आँखा अस्पताल, सेवा फाउण्डेसन र फुङ्लिङ नगरपालिकाको संयुक्त पलहमा आयोजना गरिएको हो ।

शिविरमा छनोट भएका मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने आँखा उपचार केन्द्रले जनाएको छ ।

मोतियाबिन्दुका बिरामीको छनोटका लागि जिल्लाको मैवाखोला र मिक्वाखोलामा यही फागुन १३ र १४ गते शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट ३७ जना मोतियाबिन्दुका बिरामीको पहिचान भएको छ । परीक्षणका क्रममा ४० वर्षमाथि उमेर समूहका सेवाग्राहीलाई चस्मा तथा आवश्यकता अनुसारका औषधि निःशुल्क उपलब्ध गराइएको थियो ।

आजदेखि सुरु भएको शिविरमासमेत मोतियाबिन्दुका बिरामीको पहिचान र उपचार हुनेछ भने भोलिदेखि शल्यक्रिया गरिने आयोजकले जनाएको छ । नेत्रज्योति सङ्घ ताप्लेजुङले यसअघि पनि निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १ : १० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र