छाडा चौपायाबाट बाली जोगाउन सकस | Khabarhub Khabarhub

छाडा चौपायाबाट बाली जोगाउन सकस


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी आसपासका क्षेत्रमा छाडा पशुचौपायाका कारण खेतमा लगाइएको बालीनाली जोगाउन किसानलाई सास्ती हुन थालेको छ ।

 छाडा पशुचौपायाको व्यवस्थापन हुन नसक्दा किसानले हैरानी खेप्नु परेको धनगढी उपमहानगरपालिका–२ का टेकराज जोराले दुःखेसो पोखे । रातको समयमा छाडा पशु आएर खेतमा लगाइएको अन्नबाली, तरकारी खाएर सखाप पारिदिने गरेको उनले बताए । गतवर्ष पनि छाडा चौपायाले आफूले लगाएको खाद्यान्न बाली र तरकारी खाएर ठूलो नोक्सानी ब्यहोर्नु परेको किसान जोराको भनाइ छ । 

छाडा चौपायाले करिब एक बिघा जमिनमा लगाइएको गहुँ बालीमा नोक्सान पुर्‍याएको धनगढीका किसान तेजुराज चौधरीले बताए। ‘छाडा गाईगोरु दिनभर बजार क्षेत्रमा डुलेर हैरानी गर्छन् । रात परेपछि खेतबारीमा लगाएको खाद्यान्न बाली नोक्सान गर्दछन’, उनले भने। 

उपमहानगरले छाडा पशुचौपायाको व्यवस्थापनका लागि वडा नं ७ स्थित देवहरियामा गौशाला निर्माण गरेको छ । धनगढी– ३ चटकपुरमा केही वर्षदेखि गौ संरक्षण सेवा समितिमार्फत गौशाला निर्माण गरी सञ्चालनमा ल्याइएको छ । 

त्यस्तै अन्य स्थानमा पनि गौशाला बन्ने क्रममा छन । कतिपय स्थानमा काञ्जिहाउस समेत निर्माण गरिएका छन् । दूध दिउञ्जेलसम्म गाई पाल्ने र दूध दिन छाडेपछि छाडारुपमा छाड्ने प्रवृत्तिका कारण छाडा पशुको व्यवस्थापनमा कठिनाइ थपिएको स्थानीय अगुवाको भनाइ छ ।  

धनगढीसँग पश्चिम सिमाना जोडिएको छिमेकी जिल्ला कञ्चनपुर, गोदावरी नगरपालिका र खुला भारतीय सिमानाका कारण चौपाया छाडा पशु भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा चुनौती थपिएको गौ–संरक्षण सेवा समितिका उपाध्यक्ष चेतराज अवस्थीले बताए। उनका अनुसार धनगढीको देउरियामा निर्माण गरिएको गौशालामा सयौँ छाडा पशु रहेका छन् । 

छाडा चौपायाको व्यवस्थापनका लागि यहाँको स्थानीय तहबाट केही प्रयास भए पनि समस्या समाधान हुन नसकेको अवस्थीले बताए । छाडा पशुको व्यवस्थापन गर्न स्थानीय तहका साथै सरोकारवाला निकायले पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १ : ५९ बजे

मेलम्चीको ‘पाइप लाइन’ काम शीघ्र पूरा गर्न निर्देशन

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी

मुख्यमन्त्री लामाबाट चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण

काठमाडौं– चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको

रविको भनिएको तस्बिरबारे कास्की प्रहरीले भन्यो– ‘अनुसन्धान भइरहेको छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की प्रहरी

म्याग्दीको किवीले बजार पाएन

म्याग्दी– धौलागिरि गाउँपालिका–७ शिवाङको धौलागिरि कृषि तथा पशुपन्छी फार्मका सञ्चालक