अछाममा ३६ महिला र १७ पुरूषले गराए स्थाई बन्ध्याकरण  « Khabarhub

अछाममा ३६ महिला र १७ पुरूषले गराए स्थाई बन्ध्याकरण 


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामका विभिन्न ५ स्थानमा परिवार नियोजन शिविर सम्पन्न भएको छ । 

स्वास्थ्य कार्यालय अछामको आयोजनामा जिल्लाको मंगलसेन, बिनायक, रामारोशन र मेल्लेखमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको हो । ४ स्थानमा भएको शिविरमा जना महिलाले मिनिल्याप र जना पुरुषले भ्यासेक्टोमी सेवा लिएका छन् । रामारोशनमा २ दिन र अन्य ठाँउमा १ दिन गरी ५ दिन शिविर सञ्चालन गरिएको थियो । 

पञ्चदेवल बिनायकमा ४ जना महिलाको मिनिल्याप र ३ जना पुरूषको भ्यासेक्टोमी गरिएको छ । मंगलसेनमा ५ महिलाको मिनिल्याप र १ पुरूष भ्यासेक्टोमी गरिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

यस्तै रामारोशनमा २३ महिलाको मिनिल्याप र १२ जना पुरूषको भ्यासेक्टोमी गरिएको छ भने मेल्लेखमा ४ महिलाको मिनिल्याप र १ जना पुरूषको भ्यासेक्टोमी गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

शिबिरबाट ३६ जना महिलाले मिनिल्याप सेवा र १७ पुरूषले भ्यासेक्टोमी सेवा गरि जम्मा ५३ जनाले सेवा लिएका अधिकृत ढुंगानाले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ४ : ५७ बजे

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय

प्रसाईंको आरोप : सरकार र सत्तापक्षका नेताले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति गरे

काठमाडौं– राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज

जापानी अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरको येन खरिद गर्ने

काठमाडौं– जापानको अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरका येन खरिद

झापामा मानव-हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको ज्यान गयो

भद्रपुर– झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । पछिल्लो