अछाममा ३६ महिला र १७ पुरूषले गराए स्थाई बन्ध्याकरण  « Khabarhub

अछाममा ३६ महिला र १७ पुरूषले गराए स्थाई बन्ध्याकरण 


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामका विभिन्न ५ स्थानमा परिवार नियोजन शिविर सम्पन्न भएको छ । 

स्वास्थ्य कार्यालय अछामको आयोजनामा जिल्लाको मंगलसेन, बिनायक, रामारोशन र मेल्लेखमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको हो । ४ स्थानमा भएको शिविरमा जना महिलाले मिनिल्याप र जना पुरुषले भ्यासेक्टोमी सेवा लिएका छन् । रामारोशनमा २ दिन र अन्य ठाँउमा १ दिन गरी ५ दिन शिविर सञ्चालन गरिएको थियो । 

पञ्चदेवल बिनायकमा ४ जना महिलाको मिनिल्याप र ३ जना पुरूषको भ्यासेक्टोमी गरिएको छ । मंगलसेनमा ५ महिलाको मिनिल्याप र १ पुरूष भ्यासेक्टोमी गरिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

यस्तै रामारोशनमा २३ महिलाको मिनिल्याप र १२ जना पुरूषको भ्यासेक्टोमी गरिएको छ भने मेल्लेखमा ४ महिलाको मिनिल्याप र १ जना पुरूषको भ्यासेक्टोमी गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

शिबिरबाट ३६ जना महिलाले मिनिल्याप सेवा र १७ पुरूषले भ्यासेक्टोमी सेवा गरि जम्मा ५३ जनाले सेवा लिएका अधिकृत ढुंगानाले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ४ : ५७ बजे

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं