विकास निर्माणमा राजनीति नगरौँ : मन्त्री गुरुङ « Khabarhub

विकास निर्माणमा राजनीति नगरौँ : मन्त्री गुरुङ


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वालिङ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाले आज चापाकोट–८ रत्नपुरमा आयोजना गरेको प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालनसम्बन्धी छलफल कार्यक्रममा उनले सो आग्रह गरेका हुन् ।

‘विकास निर्माण गर्दा सबैलाई समान ढङ्गले समेट्नु पर्छ, सबै जना हातेमालो गरेर अगाडि बढ्नुपर्छ, यसमा राजनीति गर्नु हुँदैन’, उनले भने। सबै दल मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो ।

एक दलले अर्को दललाई शत्रु ठान्ने प्रवृत्ति बढ्दै जानु गलत भएको मन्त्री गुरुङले उल्लेख गरे। ‘पछिल्लो समय नेपाली राजनीतिमा गलत प्रवृत्ति बढ्दै गएको छ’, उनले भने। 

छलफलमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, गण्डकी प्रदेशसभाका पूर्वसदस्य भागवतप्रकाश मल्ल, वन तथा कृषि क्याम्पस चितवनका डीन डा अर्जुन श्रेष्ठ र चापाकोटका नगर प्रमुख देवबहादुर खाँणले चापाकोटमा कृषि क्याम्पसको आवश्यकता र महत्वबारे धारणा राखेका थिए । 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ५७ बजे

शेरधनले इन्द्रलाई भने, ‘हिक्मतलाई निरन्तरता दिएर काम छैन, अब अर्को ल्याउने हो’

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राई र कोशी प्रदेशका नेकपा

सामान्य बन्दै गोलबजारको जनजीवन, कर्फ्यु हट्यो (तस्बिरहरू)

जनकपुरधाम– सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाइएको छ ।

अर्थतन्त्रको विकास र विस्तार गर्न सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र

कमजोर भीएफएक्स लिएर झुल्किए एक्सन हिरो निखिल

काठमाडौं – हिरो निखिल उप्रेतीको फिल्म रिलिज भएको ७ वर्ष