आयोजक पाँचथर क्लब फुटबलको फाइनलमा « Khabarhub

आयोजक पाँचथर क्लब फुटबलको फाइनलमा


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

पाँचथर– आयोजक पाँचथर क्लब पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा पाँचथर क्लबले बागमती युवा फुटबल क्लब, सर्लाहीलाई १-० गोलअन्तरले पराजित गरेको हो । पाँचथर क्लबका लागि रोशन आङ्देम्बेले निर्णायक गोल गरेका हुन् । उनले खेलको पहिलो हाफको अतिरिक्त समयमा हेडमार्फत गोल गरेका थिए ।

दोस्रो हाफमा बागमतीले खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न भने असफल भयो । पहिलो हाफमा बागमतीले केही आक्रामक खेलेको थियो । उसले थुप्रै अवसर खेर फालेको थियो । आजको खेलको म्यान अफ दी म्याच पाँचथर क्लबका गोलरक्षक मिराक खजुम घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।  

प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेल झापा-११ फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक पाँचथर क्लबका सचिव योगराज सेढाईंले जानकारी दिए । प्रतियोगिताको विजेताले रु पाँच लाख पाँच हजार तथा उपविजेताले रु दुई लाख ५५ हजार पुरस्कार प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : ३८ बजे

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं