उपप्रधानमन्त्री श्रेष्ठसँग लेबनानका राजदूतको भेट « Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठसँग लेबनानका राजदूतको भेट


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि लेबनानका गैरआवासीय राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र लेबनानबीच सन् १९६३ मा दौत्य सम्बन्ध स्थापना भएको र हालसम्म दुई देशबीच सुमधुर सम्बन्ध रहेकामा खुशी व्यक्त गरेको उनका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।

गृहमन्त्रीले लेबनान जस्तै नेपाल पनि आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको प्रक्रियामा रहेको उल्लेख गर्दै लेबनानबाट आउने वैदेशिक लगानीलाई प्रोत्साहन गरिने बताए ।

राजदूत लोरेन्जोले आफ्नो कार्यकालको यो चौथो नेपाल भ्रमण भएको र हरेक पटकको भ्रमणले आफू निकै उत्साहित हुँदै आएको बताए । नेपालका सेनाले लेबनानमा शान्ति कायम गर्न पु¥याएको योगदानप्रति उनले आभार व्यक्त गरे।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ८ : ४१ बजे

‘निम्सदाइ’को आरोही दल हिमपहिरोमा पर्नुअघिको तस्बिर सार्वजनिक

काठमाडौं- विश्वका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को आरोही दल

इन्द्रले शेरधनलाई भने, ‘गठबन्धनमा समस्या नहोस्, एमालेको समस्यामा हामीलाई नजोड्नुस्’

काठमाडौं- कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चाबीच नेकपा संसदीय दलका नेता

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय

प्रसाईंको आरोप : सरकार र सत्तापक्षका नेताले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति गरे

काठमाडौं– राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज