सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो « Khabarhub

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी दुई मन्त्रीको जिम्मेवारी तोकेका छन् ।

मुख्यमन्त्री शाहले लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम डगौरा थारुलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि दुवैजना बिना विभागीय मन्त्रीमा नियुक्त भएका थिए ।

  मुख्यमन्त्री शाहले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने समय नजिकिँदा दुवै बिना विभागीयमन्त्रीलाई जिम्मेवारी तोकेका हुन् । नागरिक उन्मुक्ति पार्टीका संस्थापक सदस्यको बुधबार टीकापुरमा बसेको बैठकले सङ्घीय सरकार र प्रदेश सरकारका सवालमा पार्टीले निर्वाह गरिरहेको भूमिकालाई अहिले यथावत राख्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए। 

यसअघि नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । सुदूरपश्चिम प्रदेशमा भने नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय सो पार्टीको संसदीय दलको बैठकले गरेको थियो । संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री घनश्याम चौधरीले प्रदेशमा शाह नेतृत्वको सरकारलाई नै समर्थन गर्ने विषयमा आफूहरू पछि नहट्ने बताए ।

बहुमत जुटाउनका लागि स्वतन्त्र सदस्य डा तारा जोशी र राप्रपाकी खेमादेवी विष्टबाट सहयोग प्राप्त हुने मुख्यमन्त्री शाह बताउँछन् । प्रदेश सरकार गठनमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका सात प्रदेशसभा सदस्यमध्ये पाँचजना मन्त्री भइसकेका छन् ।

 केन्द्रमा फेरिएको समीकरणसँगै मुख्यमन्त्रीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का मन्त्रीलाई पदमुक्त गरेका थिए । नागरिक उन्मुक्तिले भने सरकारलाई दिएको समर्थन यथावत राखेको थियो । लगत्तै मुख्यमन्त्रीले सो पार्टीका थप चार प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा रिक्त प्रदेशसभा सदस्यका लागि बझाङ क्षेत्र नं–१ ‘क’मा आगामी वैशाखमा निर्वाचन हुँदैछ । सरकारले विश्वासको मत प्राप्त गर्नका लागि २७ सदस्यको समर्थन आवश्यक हुन्छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार तथा राप्रपा र स्वतन्त्रका एक एक सदस्य छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  २ : ४६ बजे

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो