सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा  | Khabarhub Khabarhub

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा भएको तथ्यांक सार्वजनिक भएको छ । 

बिहीबार नेपाल प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रगति विवरण कार्यक्रममा हरेक प्रदेशको अपराध सार्वजनिक गरेको थियो । 

एक वर्षको अवधिमा ५९ हजार ६१ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये हत्या, बलात्कार, बलात्कारपछि हत्या, मानव बेचबिखन, चोरीजस्ता गम्भिर प्रकारका अपराधमा ५ हजार १५० वटा मुद्दा दर्ता भएका प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता भीम ढकालले बताए ।

जसमध्ये एक हजार ६६ वटा घटना कोशी प्रदेशमा मात्रै भएको पाइएको छ  । गण्डकी प्रदेशमा ३१२ घटना दर्ता भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा भएको छ । जनसंख्या कम भएको कारण संख्या हुन गएको उनले बताए । 

हरेक दिन १६६ मुद्दा दर्ता हुने गरेका छन् । महिला तथा बालबालिकासम्बन्धी अपराधहरू अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा धेरै दर्ता भएको ढकालले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ४ : ३२ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ