तेस्रो लगानी सम्मेलनको उद्घाटन « Khabarhub

तेस्रो लगानी सम्मेलनको उद्घाटन

पहिलो दिन अतिथिहरूले सम्बोधन गर्दै


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।

उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्यसहित सम्बोधन गरे ।

समारोहमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तित्वहरु उपस्थित छन् ।

उद्घाटन सत्रमा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्ष लु चाउहुई, भारतको वाणिज्य एवम् उद्योग मन्त्री पियुष गोयल, संयुक्त अधिराज्य (युके) का विदेश, कमनवेल्थ वेल्थ र विकास कार्यालयका इन्डो–प्यासिफिक क्षेत्र हेर्ने राज्यमन्त्री आन्मुरी टुभेलियन, युनाइटेड नेसन कन्फ्रेन्स फर ट्रेड एन्ड डेभलपमेन्टका महासचिव म्याडम रेबेका ग्रेन्सपान, संयुक्त अधिराज्यको फरेन, कमनवेल्थ वेल्थ एन्ड डेभलपमेन्ट अफिसको विकास तथा अफ्रिका क्षेत्र हेर्ने राज्यमन्त्री एन्ड्रयु मिचेललगायतले सम्बोधन गर्दैछन् ।

त्यसैगरी, एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) कार्यवाहक उपाध्यक्ष रजत मिश्र, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा प्रमुख वित्त अधिकृत सुप्रतिम दत्ता र युएस चेम्बर अफ कमर्शका दक्षिण एसिया हेर्ने वरिष्ठ उपाध्यक्ष अतुल केशपले सम्बोधन गर्नुहुनेछ ।

उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाल, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष सुशील शर्मा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्बोधन गरेका छन् ।

सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार ६ सयभन्दा बढी व्यक्तिको सहभागिता छ । सम्मेलनस्थलमा २३ वटा प्रदर्शनी कक्ष राखिएका छन् । सहभागी एवम् लगानीकर्ताले ती प्रद्धर्शनीकक्षमार्फत् विभिन्न परियोजनाबारे विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको लगानी सम्मेलन सचिवालयले जनाएको छ ।

सम्मेलनका क्रममा विभिन्न १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान (इओआई) गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउण्डिङ गरिने र निजी क्षेत्रबाटसमेत गरी कुल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् ।

सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र रहेका छन् । त्यस्तै, दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन हुनेछन् । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग प्रत्यक्ष साक्षात्कार गर्ने कार्यक्रम राखिएका छन् । लगानी सम्मेलनमा नेपालको निजी क्षेत्र सहआयोजक छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ११ : २६ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका