हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित « Khabarhub

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सले उत्कृष्ट जित दर्ता गरेको छ ।

आइतबार राति भएको खेलमा हैदरावादलाई चेन्नईले ७८ रनले पराजित गरेको हो । २१३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले १८.५ ओभरमा अलआउट हुँदै १३४ रन बनायो ।

उसका लागि एडेन मार्करामले ३२, हेनरिक क्लासेन २० र अब्दुल समदले १९ रनको योगदान दिए । हैदरावादका अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन ।

चेन्नईका लागि तुषार देशपाण्डेले चार विकेट लिए । भने मथीशा पाथिराना र मुस्ताफिजुर रहमानले समान दुई/दुई विकेट लिए ।

त्यसअघि एम ए चिदंबरम स्‍टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

कप्तान ऋतुराज गायकवाडको आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ९८ रन बनाए। ५४ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे। डैरियल मिचेल ५२ र अजिंक्य रहाणे ९ रनमा आउट हुँदा शिवम दुबे ३९ र महेन्द्रसिंह धोनी ५ रनमा अविजित रहे।

हैदरावादका भुवनेश्वर कुमार, थंगारसु नटराजन र जयदेव उनादकटले समान एक/एक विकेट लिए ।

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ११ : ५९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले