हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित « Khabarhub

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सले उत्कृष्ट जित दर्ता गरेको छ ।

आइतबार राति भएको खेलमा हैदरावादलाई चेन्नईले ७८ रनले पराजित गरेको हो । २१३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले १८.५ ओभरमा अलआउट हुँदै १३४ रन बनायो ।

उसका लागि एडेन मार्करामले ३२, हेनरिक क्लासेन २० र अब्दुल समदले १९ रनको योगदान दिए । हैदरावादका अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन ।

चेन्नईका लागि तुषार देशपाण्डेले चार विकेट लिए । भने मथीशा पाथिराना र मुस्ताफिजुर रहमानले समान दुई/दुई विकेट लिए ।

त्यसअघि एम ए चिदंबरम स्‍टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

कप्तान ऋतुराज गायकवाडको आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ९८ रन बनाए। ५४ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे। डैरियल मिचेल ५२ र अजिंक्य रहाणे ९ रनमा आउट हुँदा शिवम दुबे ३९ र महेन्द्रसिंह धोनी ५ रनमा अविजित रहे।

हैदरावादका भुवनेश्वर कुमार, थंगारसु नटराजन र जयदेव उनादकटले समान एक/एक विकेट लिए ।

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ११ : ५९ बजे

‘रुपान्तरणसँगै कांग्रेसमा उत्साह छ, असन्तुष्टि मिलाउँछौं’

फागुन २१ मा हुने निर्वाचनको सरगर्मी देशभर फैलिसकेको छ। सबै

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै