बैंककमा पर्यटन प्रवर्द्धन कार्यक्रम « Khabarhub

बैंककमा पर्यटन प्रवर्द्धन कार्यक्रम


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौंबैंककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण संघसँगको संयुक्त आयोजनामा  बैंककमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । 

त्यस अवसरमा थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले पर्यटन क्षेत्रको व्यावसायिक सम्भावनाको खोजी गर्न सहभागी सबैलाई आग्रह गरे । नेपालले थाइ पर्यटकहरूलाई भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र शान्तिको स्रोत, राजर्षि  जनकको राजधानी  जनकपुरदेखि मन्त्रमुग्ध गर्ने हिमालयका अनौठा स्थलहरूको अवलोकनमा जान आग्रह  गरेको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ । 

नेपाल सांस्कृतिक, सम्पदास्थल, प्रकृति प्रेमी, तीर्थयात्री, साहसिक, मनोरञ्जन, खेलकुद, जङ्गल सफारी गर्न चाहने हरेक वर्गका निम्ति  पर्यटकीय गन्तव्य हो भन्दै राजदूत ओलीले  धेरै लामो मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध भए पनि नेपाल र थाइल्याण्डबीच अझै धेरै अन्वेषण गर्न बाँकी रहेको बताए । 

साथै उनले दुवै देशका व्यवसायी समुदायबीच व्यापार सञ्जाल, साझेदारी विकास र सूचना आदानप्रदान हुनुपर्नेमा जोड दिँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि आवश्यक हरसम्भव सहयोग उपलब्ध गराउन दूतावास सधैँ तत्पर रहेको बताए । 

सन् २००८ मा थाइल्याण्डबाट पहिलो सगरमाथा आरोहण गरेका र थाई नेपाल फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष भितिदनान रोजानापानिचले नेपाल र हिमालयका बारेमा आफ्ना अनुभव सुनाएका थिए। 

‘एक्सपेरियन्स नेपालः लुम्बिनी टु हिमालयन ब्लिस’ शीर्षकमा भएको  उक्त कार्यक्रममा  नेपाल दूतावास र र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा), नेपाल र थाइल्याण्डबाट २५ ट्राभल एण्ड टूर कम्पनी, थाइल्याण्डका ५० ट्राभल एण्ड टूर कम्पनी, नेपाल एयरलाइन्स, थाई एयरवेज र थाई लायन एयरका प्रतिनिधि, थाई सरकारका अधिकारी तथा व्यवसायी, सञ्चारकर्मी, गैरआवासीय नेपाली संघ र थाई–नेपाल सङ्घका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ६ : ४४ बजे

अमरेशको चेतावनी : वर्तमान संविधान असफल भए १० वर्षसम्म नयाँ संविधान बन्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं–  जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको

रविले भने, ‘पार्टी र सरकारबीच प्रभावकारी समन्वय चाहिएको छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय