वैदेशिक रोजगारपीडितलाई न्याय माग्दै श्रममन्त्रीको पुत्ला दहन « Khabarhub

वैदेशिक रोजगारपीडितलाई न्याय माग्दै श्रममन्त्रीको पुत्ला दहन


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारका पीडितलाई न्याय दिलाउन माग गर्दै जारी आन्दोलनको १३ औँ दिन शुक्रबार श्रममन्त्री डीपी अर्यालको पुतला दहन गरिएको छ ।

आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा गएको नेता कार्यकर्ताहरूले वैदेशिक रोजगारका पीडितको न्यायको माग गर्दै श्रममन्त्रीको पुत्ला जलाएका हुन् ।

वैदेशिक रोजगारका पीडितलाई न्याय दिलाउन आईटी आर्मीले झण्डै दुई हप्ता देखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ । आन्दोलन सँगै उनीहरू वैदेशिक रोजगार विभागमा लगातार धर्ना एवं घेराउ कार्यक्रम गर्दै आएका छन्।  तर आन्दोलनको सरकार माथि कुनै असर परेको देखिएन

वैदेशिक रोजगारीमा जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारबाही गर्नुपर्ने, फ्री भिसा फ्री  टिकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको आई टी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले बताउँदै आएका छन् ।

‘अहिले वैदेशिक रोजगारको नाउँमा‘लाखौँ लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । ५/१० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौँ । असुली भएको रकम फिर्ता गराउन चाहन्छौँ’ अध्यक्ष साहले भने ।

यस अघि आईटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै वैदेशिक रोजगार विभागलाई ज्ञापन पत्र समेत बुझाई सकेको छ ।

–न्युजकारखाना 

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ५ : ०१ बजे

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा