आजका समाचार : सबै फेलले एसईईको मौका परीक्षा दिन पाउने, रास्वपा महामन्त्रीलाई स्पष्टीकरण, प्रतीक पक्राउ | Khabarhub Khabarhub

आजका समाचार : सबै फेलले एसईईको मौका परीक्षा दिन पाउने, रास्वपा महामन्त्रीलाई स्पष्टीकरण, प्रतीक पक्राउ


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

कुनै दलको नाम नलिई प्रचण्डले भने : हामी फेरि एकता प्रक्रियामा अघि बढिसकेका छौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरू फेरि एकता प्रक्रियामा अघि बढिसकेको बताएका छन् ।

साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरूको शुक्रबार लोकार्पणका क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटम : भदौसम्म माग पूरा नगरे आन्दोलन थाल्छौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

गोरखा र धादिङस्थित बूढीगण्डकी बहुउद्देश्यीय परियोजना छुट्टै ऐनअन्तर्गत अधिकारसम्पन्न ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ बनाएर छिटो बनाउन उनले माग गरेका हुन् ।

जब केपी ओलीले बोलिरहँदा माधव नेपालको खोजी भयो

जननेता एवम् नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७३औँ जन्म जयन्तीको अवसरमा आज विविध कार्यक्रम गरिँदैछ ।

शुक्रबार मदन भण्डारी फाउन्डेशनले ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा प्रमुख वक्ता थिए एमाले अध्यक्ष केपी शर्मा ओली ।

प्रमुख वक्ताका रुपमा उपस्थित भएका ओलीलाई कार्यक्रमस्थलका सहभागीले माधवकुमार नेपालको नाम लिइदिएर तनाव दिए ।

एमाले उपाध्यक्ष बादल पुत्र प्रतीक बौद्धबाट पक्राउ

महामन्त्री ढकाललाई रास्वपा सभापति लामिछानेले सोधे स्पष्टीकरण

पार्टीको आन्तरिक कुरा मिडियामार्फत अनावश्यक प्रचारबाजी गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेका छन् ।

उनले पार्टीको वर्तमान अवस्था र भविष्यबारेमा गम्भीर प्रश्न उठाउँदै प्रतिवेदन बुझाएको दुई दिनपछि शुक्रबार महामन्त्री ढकाललाई स्पष्टीकरण सोधेका हुन् ।

संघीयता देशले धान्दैन, खारेज गरेर राजसंस्था फर्काउनुपर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक जोगाउन अहिले हिँडिरहेको मार्गचित्र परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘देशले अहिलेको ब्यवस्था र प्रणाली धान्न सक्दैन । यो व्यवस्था भ्रष्टतन्त्रमा रूपान्तरित भइसकेको छ’, नवप्रवेशीहरूका निमित्त शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले भने, ‘संघीयता देशले धान्दैन, खारेज गर्नुपर्छ, धर्मनिरपेक्षता हटाउनुपर्छ, हिन्दुराष्ट्र कायम गर्नुपर्छ ।’

मदन भण्डारीको सम्झनामा ‘एक युवा पाँच बिरुवा’ वृक्षारोपण अभियान सुरु (तस्बिरहरू)

नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घले ‘एक युवा पाँच बिरुवा’ वृक्षारोपण अभियानको सुरुवात गरेको छ ।

शुक्रबार एमाले नेता स्वर्गीय मदन भण्डारीको जन्म स्मृतिको अवसरमा युवा सङ्घले उक्त कार्यक्रमको सुरुवात गरेको हो ।

मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्छ : महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्ने बताएका छन् ।

स्वं भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा एमाले भक्तपुर जिल्ला कमिटीले आज नङ्खेलस्थित नवदुर्गा सामुदायिक वन परिषद्मा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उनले भण्डारीले देश र जनताको लागि लिएको नीतिलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताए ।

प्रतिनिधिसभामा जलस्रोत विधेयक-२०८१ पेस

प्रतिनिधिसभाको आजको बैठकमा जलस्रोत विधेयक-२०८१ पेस गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सभामा विधेयक प्रस्तुत गरेकी हुन् ।

मन्त्री शर्माले जलस्रोत क्षेत्र र सोसम्बन्धी कानुनको सुधार तथा परिमार्जन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताइन् ।

अर्थसंक्षेप : भागबन्डा नमिल्दा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द, गण्डकीका चार विमानस्थल प्रयोगविहीन

मेयर बालेन र वडाअध्यक्षको विवादबीच सुनिताले स्थगित गरिन् पोर्चुगल भ्रमण

गत असार १० गतेको नगरसभामा मेयर बालेन्द्र शाह र वडाअध्यक्ष तथा अन्य सदस्यहरूबीच चर्काचर्की भएपछि उपमेयर सुनिता डंगोलले परिस्थिति सम्हाल्ने कोसिस गरिन् ।

नगरसभामा मेयर बालेन्द्रलाई वडाअध्यक्षहरूले घेरेपछि उपमेयर डंगोलले दुवै पक्षलाई संयम हुन अपिल गरिन् । उनले मेयर बालेन्द्र र नगरसभाका सदस्यहरूलाई सिंहदरबार र महानगर कार्यालय जलाउने भनेर दिएको अभिव्यक्ति गतल भएको बताउँदै त्यस्ता अराजक कुरा नगर्न पनि सुझाइन् ।

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको रिक्त प्रमुखमा डा. कुन्दन अर्याल नियुक्त भएका छन् ।

त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले डा अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो ।

एसईईमा सबै विषय फेल गरेकाले पनि मौका परीक्षा दिन पाउने

यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सबै विषय फेल गरेका विद्यार्थीलाई पनि मौका परीक्षा दिन पाउने भएका छन् ।

सरकारले कानुनी रूपमै कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसईईमा फेल भएको देखाई उनीहरूलाई रोक्न नहुने निर्णय लिएको हो ।

मुस्ताङमा भारतीय लगानीमा गुम्बा विद्यालयको छात्राबास बन्ने, राजदूतले गरे शिलान्यास

मुस्ताङस्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवन शिल्यान्यास गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको शुक्रबार संयुक्त शिलान्यास गरे ।

सिधा कुराका प्रकाशक र सम्पादकविरुद्ध साइबर अपराधको मुद्दा दायर

सिधा कुरा अनलाइनका प्रकाशकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका राजकुमार तिमल्सिनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको हो ।

कोशीमा १४ प्रतिशत रोपियो धान

अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

यहाँ दुई लाख ७६ हजार तीन सय ८३ दशमलव ७२ हेक्टर जमिनमा धान रोपिने भए पनि हालसम्म ३७ हजार आठ सय ८० दशमलव ३५ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको कोशी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

कोशीमा गतवर्ष असार १४ गतेसम्म १६ दशमलव ९६ प्रतिशतमा धान रोपाइँ गरिएको थियो ।

प्रदेशका १४ जिल्लामध्ये सबैधन्दा धेरै झापामा र सबैभन्दा कम सोलुखुम्बुमा धान रोपिने गरेको निर्देशनालयकी सूचना अधिकृत पूर्णमाया गुरुङले जानकारी दिइन् ।

डा. गोविन्द केसीको अनशन स्थगित

युक्रेनी ड्रोन आक्रमणपछि रूसी तेल डिपोमा आगलागी

झारखण्डका पूर्व मुख्यमन्त्री सोरेनलाई जमानत

दिल्लीको विमानस्थलमा टर्मिनल भवनको छत खस्यो, ६ जना घाइते

बोलिभियामा कू प्रयास असफल, सेना प्रमुख पक्राउ

उरुग्वेको कोपा अमेरिकामा लगातार दोस्रो जित

अफगानिस्तानको सफलताले सम्झाएको विगतका जिम्बाबे र केन्या

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ८ : ०५ बजे

कामपाले सुरु गर्‍यो स्थानीय पेयपदार्थको सम्भाव्यता अध्ययन

काठमाडौं – काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन

विश्वकप विजेता भारतीय टोलीले १२५ करोड भारु पुरस्कार पाउने

नयाँ दिल्ली । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जित्ने

प्रतिबन्धित रसायन हालेर पकाएका आँप नष्ट

कञ्चनपुर – प्रतिबन्धित रसायन ‘कार्बाइड’ हालेर पकाएको आँप बजारमा बिक्री

सैपाल हिमालस्थित रानीसैनमा टेलिकमको सेवा सञ्चालन

काठमाडौं – नेपाल टेलिकमले सैपाल हिमालस्थित रानीसैनमा टेलिफोन सेवा सञ्चालनमा

थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी

मस्को – महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हावी हुँदै गर्दा रुसले