हुम्लामा ४६ दशमलव १९ प्रतिशत एसइईमा उत्तीर्ण « Khabarhub

हुम्लामा ४६ दशमलव १९ प्रतिशत एसइईमा उत्तीर्ण


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

हुम्ला – जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागीमध्ये ४६ दशमलव १९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । ५४ दशमलव ८१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

हुम्लाबाट कूल एक हजार एक सय ६९ परीक्षार्थाी एसइईमा सहभागी भएका थिए । तीमध्ये पाँच सय ४० जना मात्र उत्तीर्ण भएका हुन् । छ सय २९ विद्यार्थी अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका निमित्त प्रमुख आलेमगरले बताए ।

हुम्लाको एक विद्यालयको नतिजा निल (शून्य प्रतिशत) भएको छ । अदानचुली गाउँपालिका–५ स्थित सल्ललाघारी माध्यमिक विद्यालय निल भएको हो । शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाका निमित्त प्रमुख मगरका अनुसार सल्लाघारी माविबाट ५१ जनाले परीक्षा दिएका थिए ।

साधारण धारतर्फ खार्पुनाथ गाउँपालिका–४ छिप्रास्थित सीता माध्यमिक विद्यालयको नतिजा पनि शून्य भएको छ । साधारणतर्फ परीक्षामा सहभागी १९ जना मध्ये कोही पनि उत्तीर्ण हुन नसकेको उनले बताए ।

प्राविधिक धारतर्फ परीक्षामा सहभागी ३१ जनामध्ये १० जना उत्तीर्ण भएका छन् । खार्पुनाथ गाउँपालिका–२ थालीमा रहेको शङ्कर माध्यमिक विद्यालयबाट एसइईमा सहभागी १३ जनामध्ये तीन जना उत्तीर्ण भएका छन् । हुम्ला मावि रायाबाट परीक्षामा सहभागी १४ मध्ये तीन जना उत्तीर्ण भएका छन् ।

त्यस्तै अदानचुली गाउँपालिका–६ स्थित कैलाशपुरी माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी ३७ परीक्षार्थी मध्ये एक जना मात्रै उत्र्तीण भएका छन् । अदानचुलीकै ज्ञानदेव माध्यमिक विद्यालयबाट एसइईमा सहभागी ३७ जनामध्ये चार जना मात्रै उत्तीर्ण भएका छन् । ताँजकोटमा रहेको मदनादेव माध्यमिक विद्यालय पादा पदनाबाट २४ जना परीक्षार्थीमध्ये दुई जना मात्रै एसइईमा उत्तीर्ण भएका छन् ।

सदरमुकाम सिमकोट गाउँपालिका–२ ठेहेमा रहेको रामदेव माध्यमिक विद्यालयबाट सहभागी १५ जनामध्ये तीन जना उत्तीर्ण भएका छन् । वडा–८ स्याडा गाउँमा सैपाल हिमाल माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी १९ जनामा दुई जना उत्तीर्ण भएका हुन् । कैलाश माविबाट परीक्षामा सहभागी २७ मध्ये पाँच जना उत्तीर्ण भएका छन् । यसैगरी रलिङ्ग माध्यमिक विद्यालय र कर्णाली माध्यमिक विद्यालयबाट आठ–आठ जना उत्तीर्ण भएका छन् ।

अदानचुली गाउँपालिका ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थी लोकराज महतारा जिल्लाकै एसइई परीक्षार्थीमध्ये उत्कृष्ट तीन दशमलव ९५ जिपिए प्राप्त गर्ने विद्यार्थी भएका छन्। सोही विद्यालयका विराज भण्डारीले तीन दशमलव ८६ जिपिए प्राप्त गरेका छन् । हिमज्योति माध्यमिक विद्यालय सर्केगाडका मिशन रोकायाले तीन दशमलव ८२ जिपिए प्राप्त गरेको विद्यालयले जनाएको छ ।

प्राविधिक धारतर्फ खार्पुनाथ गाउँपालिका–४ छिप्रामा रहेको सीता माध्यमिक विद्यालयका अस्मिता रावलले तीन दशमलव ३८ जिपिए र सोही विद्यालयका महेश हमालले तीन दशमलव ३३ जिपिए प्राप्त गरेका छन्। यसैगरी नाम्खा गाउँपालिका महावौद्ध माध्यमिक विद्यालय याल्वाङका पेमा तेन्जि लामाले तीन दशमलव २८ जिपिए प्राप्त गर्नुभएको शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १० : १० बजे

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या

नेपालमा आइसिसी टी-२० विश्वकपको ट्रफी टुर तीन दिनसम्म चल्ने

काठमाडौं – भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च