सर्वोच्चले सुनाउन सकेन अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला | Khabarhub Khabarhub

सर्वोच्चले सुनाउन सकेन अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला

१२ वर्षअघिको मुद्दामा चौथो पटकलाई सारियो निर्णय सुनाउने मिति


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा बुधबार पनि सर्वोच्च अदालतले फैसला सुनाउन सकेन ।

सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले फैसला सुनाउने अपेक्षाविपरीत अन्तिम निर्णय फेरि पछि धकेलिएको हो ।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामाको हत्या प्रकरणमा सापकोटालाई पनि प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको थियो ।

त्यसबेला काभ्रे माओवादी कमिटीको नेतृत्वमा रहेका सापकोटाको पनि लामाको हत्यामा संलग्नता रहेको भन्दै पीडित परिवारले सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान हुनुपर्ने माग गर्दै १२ वर्ष पहिले दर्ता भएको रिटमा सर्वोच्चले सुनुवाइ सकेर पनि निर्णय सुनाउन ढिलाइ गरेको हो।

बुधबार फैसला आउने अपेक्षाविपरीत मुद्दालाई संवैधानिक इजलासले पछि धकेलेको हो । सर्वोच्चले सापकोटा जोडिएका तीनैवटा मुद्दाको निर्णय सुनाउने मिति सारेको हो ।

यो मुद्दामा यसअघि नै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा मुद्दा सुनुवाइ भइसकेकोछ ।

बुधबार प्रधानन्यायाधीश श्रेष्ठले नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा निर्णय सुनाउने भनिए पनि पहिले जस्तै सारिएको हो ।

लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन थियो । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

लामाले पतिको हत्यामा माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानविरुद्ध अनुसन्धान मागसहित रिट दायर गरेकी थिइन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार तेस्रो पटक निसुको मिति तोकिएको थियो। तर अब चौथो पटकलाई निसुको मिति सारिएको हो ।

संवैधानिक इजलासले गत जेठ २३ गते नै सुनुवाइ सकेर निसु तोकिएको मुद्दामा मिति सारेको थियो। यसअघि साउन २३ गते पनि संवैधानिक इजलासले निर्णय सुनाउने मिति तोकेको थियो। तर त्यतिबेला पनि निर्णय नसुनाइ भदौ १२ गतेका लागि तोकिएको थियो।

 

 

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ६ : ४७ बजे

आजपाका वरिष्ठ उपाध्यक्ष साह एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत 

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले

पूर्वराष्ट्रपतिले असन्तुष्ट र जनसंगठनमा हारेकालाई बोकेर हिँडेको ओलीको आरोप

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी

वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं– वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसद्को प्रतिनिधिसभाबाट

प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संविधान संशोधन अब

पूर्वराष्ट्रपति निवासमा तीज विशेष कार्यक्रम (तस्बिरहरू)

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी निवास भंगालमा शुक्रबार तीज कार्यक्रम