विश्वकप लिग २ – रोकिएन नेपालको हारको शृङ्खला « Khabarhub

विश्वकप लिग २ – रोकिएन नेपालको हारको शृङ्खला


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालमाथि खेल जित्नैपर्ने दबाब छ। तर नेपालको हारको शृङ्खला सोमबार बिहानसम्म पनि रोकिएन। आइतबार राति अमेरिकाको डालासमा सुरु भएको खेल सोमबार बिहान नेपालले ३ विकेटले गुमायो । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले मात्र २ बल बाँकी हुँदा २९१ रन बनाउँदै पूरा गर्यो।

ब्याटिङतर्फ ओपनरद्वय अनिल शाह र आशिफ शेखले अर्धशतक मात्र बनाएनन् कप्तान रोहित पौडेलले ९६ रनको शानदार अर्धशतकीय इनिङ खेले। ७५ बल सामना गरेका कप्तान पौडेलले ८ चौका र ३ छक्का हाने। तर जित नेपालको हुन सकेनन्।

बलिङतर्फ कुशल भुर्तेलले ६ ओभरमा मात्र २३ रन दिएर चार विकेट लिए। सोमपाल कामीले २ विकेट लिँदा ललित राजवंशीले एक विकेट हात पारे। तर अन्य बलर चल्न सकेनन्।

सन्दीप लामिछाने ९ ओभर बलिङ गर्दा ६३ रन दिएर विकेटबिहीन बने। ९ ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले ४७ रन दिए तर विकेट हात लागेन। पाँच ओभर बलिङ गरेका करण केशीले ३४ रन दिए। उनको नाममा विकेट रहेन। गुल्सन झाले तीन ओभर बलिङ गर्दा विना विकेट ३२ रन खर्चिए। दुई ओभर बलिङ गरेका कप्तान पौडेलले १७ रन दिँदा एक ओभर बलिङ गरेको आरिफ शेखले ८ रन खर्चिए।

हारको शृङ्खला

आइसिसी विश्वकप लिग-२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी छन्।

आठ देश सहभागी प्रतियोगिताको अंकतालिकामा नेपाल सातौं स्थानमा छ । यो शृङ्खलामा नौ खेल खेलेको नेपालले ७ खेल गुमाइसकेको छ। एक खेलमा जित निकालेको नेपालले एउटा खेलमा अंक बाँडेको छ।

नेपालले गत फेब्रुअरीमा घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र नामिबियासँगको २-२ खेलमा एकमात्र जित हात पारेको हो। त्यो जितको दुई अंक र गत महिना क्यानडामा ओमानसँगको एउटा खेल वर्षाले रद्ध हुँदा १ अंक पाएको थियो। शृङ्खला अन्तर्गत क्यानडामा नेपालले क्यानडा र ओमानसँग २-२ खेलमा मात्र १ अंक जोडेको हो।

जित्नैपर्ने दबाबमा रहेको नेपालले गएरातिको खेल गुमाएसँगै हारको संख्या थपिएको छ। नेपाल र अमेरिका चिरपरिचित प्रतिद्वन्द्वी हुन्। आइतबारको खेलबाहेक अहिलेसम्म अमेरिकासँग भएका पाँच एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा एउटा खेल टाइ हुँदा दुई-दुई जित निकालेका थिए। आइतबारको जितसँगै अमेरिकाले तीन जित निकाल्दा नेपालले दुई जितमा चित्त बुझाएको छ।

क्यानडा १६ अंकसहित शीर्ष स्थानमा

नेपालले लिग– २ मा ९ खेलमा सात खेल गुमाएको छ। अमेरिका भने १० खेलमा सात जित निकालेको छ। तीन अंकसहित नेपाल तालिकाको सातौं स्थानमा छ भने अमेरिका १४ अंकसहित दोस्रो स्थानमा छ। १२ खेल खेलेको क्यानडा १६ अंकसहित शीर्ष स्थानमा छ । आठ खेल खेलेको नेदरल्यान्डसले ६ जितसहित १२ अंकसहित तेस्रो स्थानमा छ । स्कटल्याण्डले आठ खेलमा पाँच जित निकाल्दै ११ अंक जोड्दा नामिबियाले १२ खेलमा पाँच जितसहित १० अंक जोडेको छ । आठ खेल खेलेको ओमानले ६ अंक जोडेको छ भने ७ खेल खेलेको यूएई दुई अंकसहित तालिकाको पुछारमा छ ।

अमेरिकाविरुद्धको एक दिवसीय खेल गुमाएको नेपालले अघिल्लो साता मात्र अमेरिकाविरुद्धको टी-२० शृङ्खला भने ३-० ले क्लिन स्विप गरेको थियो।

यो पनि पढ्नुहोस्

विश्वकप लिग २ : अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ७ : ४६ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ