बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते « Khabarhub

बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो । सात जना यात्रु चढेको उक्त जीप तीव्र गतीका कारण सडकमै पल्टिएको हो ।

दुर्घटनामा घाइते हुनेहरुमा जीपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका-११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १ : २० बजे

चेतनाको अभाव र गरिबीले थला परेको मर्चवारमा आँखाको ज्योति

भैरहवा –सदरमुकाम भैरहवाबाट नजिकै भएर पनि सेवासुविधाको पहुँचबाट टाढा रहेको

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

काठमाडौं – ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन

बार्सिलोनाले रियल बेटिसमाथि गर्यो पाँच गोल, टोरेसको ह्याट्रिक

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

भारतको एक नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु

गोवा – भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३

एनपीएलः लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर भिड्दै

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो