आजका समाचार : एमालेलाई जग्गादानमा सर्वोच्चको अंकुश, कांग्रेसबाटै घेरिए गृहमन्त्री, रविलाई हिरासतमा नराखी अनुसन्धान गर्न माग | Khabarhub Khabarhub

आजका समाचार : एमालेलाई जग्गादानमा सर्वोच्चको अंकुश, कांग्रेसबाटै घेरिए गृहमन्त्री, रविलाई हिरासतमा नराखी अनुसन्धान गर्न माग


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

एमालेलाई मीनबहादुरको जग्गादानविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

 

सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार उक्त जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

राष्ट्रिय सुरक्षा परिषद् : मध्यपूर्वको तनाव र नेपालीलाई पार्न सक्ने असरबारे समीक्षा

राष्ट्रिय सुरक्षा परिषद्को बैठकले केही समययता मध्यपूर्वमा चर्किँदै गएको तनाव र त्यसले नेपालीलाई पार्न सक्ने असरबारे समीक्षा गरेको छ ।

प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाको समीक्षा गरेको हो ।

पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न सञ्चारमन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय र मातहतका निकायहरूलाई पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन निर्देशन दिएका छन् ।

मन्त्रालयमा सोमबार आयोजित आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा उनले भने, ‘पुँजीगत खर्च बढाउनुपर्छ । मन्त्रालयको ५० प्रतिशत पनि कट्न नसक्नु राम्रो हैन ।’

सरकार कसैप्रति पूर्वाग्रही छैन : उपप्रधानमन्त्री सिंह

उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार विधिको शासन कायम गर्न लागिपरेको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले आज आयोजना गरेको दीपावली विशेष कार्यक्रममा उपप्रधानमन्त्री सिंहले उनले सरकार कसैप्रति पूर्वाग्रही नभएको प्रष्ट पारे ।

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र गिरीबन्धुको छानबिन कहाँ पुग्यो ?


सत्तारुढ नेपाली कांग्रेसका सांसद हृदयराम थानीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित जोडिएका काण्डको छानबिनबारे संसदीय समितिमा कुरा उठाएका छन् ।

कांग्रेस तत्कालीन अवस्थामा प्रतिपक्षमा हुँदा उठाइएको झापास्थित गिरिबन्धु टी-स्टेट जग्गा बिक्रीकाण्डको अनुसन्धानको प्रगतिबारेमा गृहमन्त्री रमेश लेखकलाई सोधिएको हो ।

‘भ्रष्टाचारविरुद्ध सरकार कठोर छ, शून्य सहनशीलताको नीति अपनाउँछ’

सरकारलाई गगनको सुझाव : कांग्रेस उपसभापति गुरुङ र एमाले सांसद पोखरेललाई पनि छानबिनमा तानौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै थापाले जनतालाई सरकार भएको महसुु हुनुपर्ने र विधिको शासनका कुनै सम्झौता गर्दै भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका हुन्।

‘सहकारी ठगीहरूको सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ’

अख्तियारलाई माओवादीको प्रश्न- एमालेलाई मीनबहादुरको जग्गा दान भ्रष्टाचार हो कि होइन?

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बाढी पसिररहँदा बिलखबन्दमा परेको नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गाको विषय संसदीय समितिमा पुगेको छ ।

एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी गुरुङले एमालेलाई दिएको कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गाबारेको विवादलाई नेकपा माओवादी केन्द्रले संघीय संसद्‍को संसदीय समितिमा लगेको हो ।

रास्वपालाई एमालेको जवाफ- दुई करोड भोट ल्याए पनि हिरासत बस्नुपर्छ, अनुसन्धान हुन्छ

नेकपा एमालेका सांसद रघुजी पन्तले दुई करोड भोट नै ल्याए पनि भ्रष्टाचार र ठगीको मुद्दामा पक्राउ गरेर अनुसन्धान हुनु पर्ने बताएका छन् ।

सोमबार बसेको संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्की भण्डारीले संसद्को चौथो ठूलो दलको सभापति रवि लामिछाने पक्राउ पर्दा जनता सडकमा आउनु स्वभाविक भएको बताएपछि पन्तले यस्तो जवाफ दिएका हुन् ।

रविलाई हिरासत बाहिरै राखेर अनुसन्धान अघि बढाउन रास्वपाको माग

ऊर्जा विकासमा सहजीकरण गर्न निजी क्षेत्रको माग

निजी क्षेत्रका ऊर्जा उत्पादकको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रको ऊर्जा विकासका लागि सहजीकरण गर्न ऊर्जामन्त्री दीपक खड्का समक्ष माग गरेका छन् ।

इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको टोलीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भेटेर सरकारले राखेको ऊर्जा विकासका लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न माग गरेका हुन् ।

द्वन्द्वपीडितको अधिकार संरक्षणमा सरकार केन्द्रित छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्वपीडितका समस्या समाधान गर्न समावेशी नीति र कानुनी संरचनाको निर्माण गर्दै पीडितहरूको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको बताएका छन्। उनले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न र उनीहरूको हकअधिकारलाई सम्बोधन गर्नेगरी सरकारले भूमिका निर्वाह गरिरहेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज र द्वन्द्वपीडित समिति बर्दियाको आयोजनामा प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आज आयोजित महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनासम्बन्धी प्रदेशस्तरीय अन्तरसंवादमा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सङ्क्रमणकालीन न्यायको परिपूर्ति गर्न परिपूरणको योजना अघि बढाएको बताए।

तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने

यस वर्षको तिहारका लागि दुई लाख वटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गत वर्ष एक लाख ५० हजार माला मात्र निर्यात भएको थियो ।

एसोसिएसनका अध्यक्ष दिलीप बादेले यसरी निर्यात हुने माला विशेषगरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा समेत निर्यातका माग भएको बताए । नेपाली धेरै बसोबास गर्ने अन्य देशमा पनि मालाको माग बढिरहेको उनले जानकारी दिए ।

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

गत असोज दोस्रो साताको बाढीपहिराेले विभिन्न क्षेत्रमा एक अर्ब बराबरको क्षति पुर्‍याएपछि धुलिखेल नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको छ ।

आइतबार नगरप्रमुखसहित जनप्रतिनिधिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग भेट गरी ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेका हुन् । नगरप्रमुख अशोक ब्याञ्जूसहितको टोलीले करिब एक अर्बको बराबरको क्षति भएपछि नगरलाई क्षतिग्रस्त पालिका घोषणा गर्न ध्यानाकर्षण गराउन उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई आइतबार ज्ञापनपत्र बुझाइएको हो ।

कात्तिक १५ देखि १९ सम्म सर्वोच्च अदालत बन्द रहने

तिहारको अवसरमा कात्तिक १५ देखि १९ गतेसम्म बन्द हुने भएको छ । सोमबार सर्वोच्चको प्रशासन शाखाले एक सूचना जारी गर्दै अदालत बन्द हुने जानकारी दिएको हो ।

अदालत बन्द भएपनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेकका दिनहरूमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हुने सुचामा उल्लेख छ।

अन्तर्राष्ट्रिय…

ट्रम्पको कार्यक्रममा विवादास्पद अभिव्यक्ति

स्पेनी प्रधानमन्त्री सान्चेज भारतमा

इजिप्टद्वारा गाजामा दुई दिने युद्धविरामको प्रस्ताव

बङ्गलादेशका राष्ट्रपतिलाई अपदस्थ गर्न दबाब

लेबनानको टायरमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

खेलकुद…

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री स्थगित

म्यानचेस्टर युनाइटेडले बर्खास्त गर्‍यो प्रमुख प्रशिक्षक टेन हागलाई

आईपीएल टोली लखनउले केएल राहुललाई बेच्ने

बालोन डी’ओर अवार्डमा खेलाडीले पाएको अंक सूची लिक !

 

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ८ : ०५ बजे

भाइटीकाको शुभ साइत आइतबार ११:३७ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको

कास्मिरमा भारतीय सेनाबाट शङ्कास्पद विद्रोही मारिए

श्रीनगर – भारतीय सेनाले सोमबार कास्मिरमा एक शङ्कास्पद विद्रोहीलाई मारेको

भिनीले नजित्ने भएपछि रियलले बहिष्कार गर्‍यो ‘बालोन डि’ओर अवार्ड’ सेरोमनी

काठमाडौं- स्पेनिस महारथी रियल म्याड्रिडले सोमबार राति फ्रान्सको पेरिसमा हुना

चाडमा जिहादी आक्रमणमा करिब ४० सैनिकको मृत्यु

एनजामेना – नाइजेरियाली सीमा नजिकै जिहादी समूह बोको हरामले चाडको

अर्घाखाँचीमा देउरालीको प्रसाद खाएका २५ जना बिरामी

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी