भारत र फ्रान्सबीच स्वास्थ्य, अन्तरिक्ष र रक्षामा सहकार्य गर्ने सहमति | Khabarhub Khabarhub

भारत र फ्रान्सबीच स्वास्थ्य, अन्तरिक्ष र रक्षामा सहकार्य गर्ने सहमति


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारत र फ्रान्सले स्वास्थ्य, अन्तरिक्ष र रक्षा लगायतका क्षेत्रमा सहकार्य गर्ने भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन दुई दिने राजकीय भ्रमणको क्रममा भारतसँग स्वास्थ्य, अन्तरिक्ष र रक्षा लगायतका क्षेत्रमा सहयोग गर्न सहमत भएका हुन् ।

दुवै पक्षले रक्षा–अन्तरिक्ष साझेदारीमा एक सम्झौतामा पनि सहमति जनाएका छन् । साथै स्याटेलाइट प्रक्षेपणमा न्यू स्पेस इण्डिया लिमिटेड र फ्रान्सेली कम्पनी एरियनस्पेसबीच समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

भारतीय विदेशसचिव विनयमोहन क्वात्राकाअनुसार टाटा र एयरबस हेलिकप्टरबीच स्थानीय कम्पोनेन्टसहितको एच १२५ हेलिकप्टर उत्पादनका लागि साझेदारी गर्न दुवै पक्ष सहमत भएका छन् ।

दुई पक्षहरू प्रमुख सैन्य हार्डवेयर र प्लेटफर्महरूको सह–विकास र सह–उत्पादनमा सहमत भएको बताइएको छ । अन्तरिक्ष, भूमि युद्ध, साइबरस्पेस र कृत्रिम बुद्धिमत्ता लगायतका क्षेत्रहरूमा टेक्नोलोजी सहयोगलाई सहज बनाउने दुई देशबीचमा सहमति भएको हो ।

दुवै पक्षले स्वास्थ्य सेवा, शिक्षा, तालिम र अनुसन्धान जस्ता क्षेत्रमा आ–आफ्ना स्वास्थ्य मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ८ : १९ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै