कुटानी मिलमा दक्ष कामदारको अभाव « Khabarhub

कुटानी मिलमा दक्ष कामदारको अभाव


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर नगरपालिकाभर सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम गर्ने मिल सञ्चालनमा छन् ।

ती विद्युतीय मिलमा कामदार भने दक्ष अर्थात् तालिमप्राप्त छैनन् । यहाँका मिल व्यवसायीलाई कामदार पाउनसमेत समस्या हुने गरेको उनीहरूको गुनासो छ ।

कामदारले अनुभवका आधारमा काम गर्छन् । यसरी प्राविधिक ज्ञान नसिकेर काम गर्दा सुरक्षा जोखिम रहन्छ तर पनि यहाँका कामदारले तालिम पाउन सकेको देखिँदैन ।

विसं २०५३ सालदेखि टीकापुरको सत्तीमा प्रभा राइस मिल सञ्चालन गर्दै आएका वीरेन्द्र शाहले मिल व्यवसायीका समस्या धेरै रहेको बताए ।

‘मिस्त्री सबै तालिम प्राप्त छैनन्, काम गर्दागर्दै अनुभव बटुलेकालाई काममा लगाउनुपर्छ’, उनले भने, ‘यिनै मिस्त्री पाउन पनि समस्या रहेको छ । पछिल्ला केही वर्षयता गाउँगाउँमा मिलको सङ्ख्या धेरै भएकाले काम कम पाइने समस्या छ । काम कम पाइने, करिब छ वर्षदेखि दररेट वृद्धि नभएकाले मिल व्यवसायी घाटामा छौँ ।’

मिल बिग्रिएमा पाटपुर्जा महँगो पाइने, मर्मतमा समेत खर्चिलो रहेको मिल व्यवसायीको गुनासो छ । मिल व्यवसायी शाहको पालिकाले दररेट तोकिदिनुपर्ने, कामदारलाई तालिम दिनुपर्ने माग छ । ‘मिस्त्रीका दक्षता र सुरक्षाका लागि तालिम आवश्यक छ । हामीले माग गरिरहेका छौँ’, उनले भने, ‘अहिले मिल सञ्चालन गर्न कठिन छ । जुन सञ्चालक आफैँले मिस्त्रीको काम गर्नुहुन्छ, उहाँको मिलमात्र अलि चलेको देखिन्छ, कामदार राखेर चलाउन निकै कठिन छ । आम्दानी खासै छैन ।’

मिल व्यवसायी समिति टीकापुरका अध्यक्ष सुरत रावलले मिलमा काम गर्ने सबै कामदार तालिमप्राप्त नभई अनुभवका आधारमा काम गरिरहेका कार्यरत रहेका र मिल व्यवसायीका समस्यामा कतैबाट सहयोग नमिलेको बताए ।

अध्यक्ष रावल मिल सञ्चालनका क्रममा दुर्घटना भएमा सञ्चालक आफैँले बेहोर्नु परिरहेको बताउँछन् । ‘यसअघि पनि मिलको पट्टामा बेरिने, चोटपटक लाग्नेजस्ता केही घटना भएका छन्’, उनले भने, ‘घटना भएमा मिल सञ्चालक आफैँले बेहोर्नुपर्ने समस्या छ ।’

मिल व्यवसायीले सेलरमा धान कुटेको प्रतिक्विन्टल १५०, होलरमा प्रतिक्विन्टल १००, तोरी पेलानीको प्रतिकिलो १० र पिसानीको प्रतिकिलो पाँच रुपैयाँ शुल्क लिने गरेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ११ : ११ बजे

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय

प्रसाईंको आरोप : सरकार र सत्तापक्षका नेताले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति गरे

काठमाडौं– राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज

जापानी अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरको येन खरिद गर्ने

काठमाडौं– जापानको अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरका येन खरिद

झापामा मानव-हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको ज्यान गयो

भद्रपुर– झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । पछिल्लो