बेमौसमी बाढीले बेनी–जोमसोम सडकमा यातायात प्रभावित « Khabarhub

बेमौसमी बाढीले बेनी–जोमसोम सडकमा यातायात प्रभावित


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – मुस्ताङको घरपझोङ गाउँपालिका–३ मा रहेको मार्फाखोलामा बेमौसमी बाढी आउन थालेपछि बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित हुन थालेको छ ।

पछिल्लो एक हप्तायता साँझपख खोलामा पानी र बाढीको सतह बढेर आउन थालेको छ । मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको र बाढी आउन थालेपछि जोखिम बढेको हो ।

गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले मार्फाखोलाको बाढीले बेनी–जोमसोम सडकमा यात्रा गर्ने स्थानीयवासी, पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको बताए । खोलामा बाढी आउँदा सवारीसाधन वारपार गर्न नसक्ने, खोला तार्ने क्रममा फसिने, इञ्जिन बिग्रने, बाढीले मोटरसाइकल, स्कुटरलाई बगाएर दुर्घटना हुने जोखिम बढेको उनले बताए ।

मुस्ताङ घुम्न गएका पोखराका केशव अधिकारीले मार्फा खोलामा बाढीले करिब दुई घण्टासम्म रोकिनुपरेको बताए । धवलागिरि दोस्रो र टुक्चेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लँदा ठाडो खहरे खोलामा बाढी आएको हो ।

ठाडो खहरे खोलामा कालो लेदो माटोसहितको बाढी आएपछि सवारीसाधन वारपार गर्न सक्दैनन् । छायाँवृष्टि हुने सुक्खा बलौटे भूगोल भएको मुस्ताङमा पछिल्ला वर्ष बाढीपहिरोले दुःख दिन थालेको छ ।

बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी विष्णु चापागाईँले बाढी आउँदा सवारी वारपार गर्नका लागि अस्थायी पुल बनाउने तयारी गरेको बताए । आयोजनामार्फत मार्फाखोलामा एक सय २० मिटर लामो पुल बनाउन पाँच वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले रु २१ करोड ६० लामा ठेक्का सम्झौता गरेको थियो ।

पुलका तीनमध्ये दुईवटा स्पाम ढलान भएको छ । बीचको स्पाम ढलान गर्न र पहुँचमार्ग बनाउने काम बाँकी छ । निर्माण व्यवसायीलाई पुल निर्माणलाई गति दिन ताकेता गरिएको इन्जिनियर चापागाईँले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १० : ०० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक