बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८ « Khabarhub

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

प्रमुख दलको प्रतिस्पर्धा, एमाले कांग्रेसभन्दा २६४ मतले पछाडि


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ। आइतबार रातिसम्म निरन्तर अग्रता लिएको एमालेलाई कांग्रेसले सोमबार बिहानदेखि उछिनेको छ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ७ हजार ४९२ मत पाएका छन्। एमालेका उम्मदेवार दमन भण्डारीले ७ हजार २२८ मत पाएका छन्। चर्को प्रतिस्पर्धा देखिएको बझाङमा कांग्रेस एमाले भन्दा २६४ मतले अगाडि बढेको छ।

माओवादीका उम्मेदवार जनक बुढा २८ सय ९५ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २१ सय २ मतसहित चौथो स्थानमा छन्। बझाङमा अब मष्टा गाउँपालिकाको मतगणना सुरु हुँदैछ।

अहिलेसम्म जनपा, खप्तडछान्ना, छविसपाथिभेरा , थलारा र सुर्मा गाउँपालिकाको मतगणना भइसकेको छ।

 

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : २४ बजे

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने