चुलाचुलीमा भत्कियो कांग्रेसको गढ | Khabarhub Khabarhub

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको छ । यो पालिका विगतमा नेपाली कांग्रेसको गढ थियो, तर उपचुनावको मत परिणाममा कांग्रेस खुम्चिएर तेस्रो स्थानमा झ¥यो । कांग्रेसले आफ्नो गढको मत रक्षा गर्न नसक्नु उसका लागि निकै महंगो पर्ने देखिएको छ ।

चुलाचुली गाउँपालिकामा पहिलो दल रहेको कांग्रेस तेस्रोमा खस्केको छ भने एमाले र पहिचानवादी शक्ति लगभग समानान्तर रुपमा अगाडि देखा परेका छन् ।

कुल ६ वटा वडाहरु रहेको चुलाचुलीबाट एमालेका सुहाङ नेम्वाङले ३२६४ मत पाएका छन् । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले चुलाचुलीबाट ३०९५ मत बटुलेर दोस्रो स्थान हासिल गरेका छन् । यो भनेको एमालेको भन्दा १६९ मत मात्रै कम हो ।

यो पालिकामा नेपाली कांग्रेस भने निकै तल छोडिएको छ । पालिकाभरिबाट कांग्रेसले पाएको मत २१३७ मात्र छ ।

समग्र इलाम क्षेत्र नम्बर २ मा जित निकाल्नका लागि कांग्रेस उम्मेदवार डम्बर खड्काले चुलाचुलीबाट एमालेको भन्दा बढी मत बटुल्न जरुरी थियो । चुलाचुली विगतमा कांग्रेसकै गढ पनि हो । तर, खड्काले यहाँबाट आफ्नो मत जोगाउन सकेनन् ।

याे पनि-

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

हुन त चुलाचुलीमा एमालेलाई माओवादीले सघाएको देखिएन । किनभने, ०७९ सालमा एमालेले यहाँबाट एक्लै ३७५५ मत पाएको देखिन्छ । उपचुनावमा सुहाङले ३२६४ मत मात्र पाए । यो तथ्यांकले भन्छ, चुलाचुली गाउँपालिकामा माओवादीको भोट एमालेमा ट्रान्सफर भएन ।

अघिल्लो चुनावको तथ्यांक हेर्ने हो भने त एमालेको भन्दा कांग्रेसले यहाँबाट ३ हजार बढी मत ल्याउनुपर्ने थियो । किनभने, गत स्थानीय चुनावमा कांग्रेसका राजेन्द्र केरुङले ६६५० मत पाएर पालिका अध्यक्ष जित्दा एमालेका ओमनरायण खनालले ३७५५ मात्र मत ल्याएका थिए । उपाध्यक्षमा एमालेकी दिलकुमारी लिम्बुले एक्लै ४४५० मत पाउँदा माओवादीका शुकबहादुर लावती ३४४२ मत ल्याएर हारेका थिए ।

गत स्थानीय चुनावको परिणाम-

चुलाचुलीको स्थानीय चुनावमा कांग्रेस र माओवादीको गठबन्धन भए पनि उपाध्यक्षमा कांग्रेसको भोट ट्रान्सफर नहुँदा माओवादीले हारेर कांग्रेसले चाहिँ प्रमुखमा जितेको थियो । अर्थात् यहाँ माओवादी र कांग्रेसको गठबन्धन फापेको थिएन । अहिले एमाले र माओवादीको गठबन्धन पनि फापेन । किनभने, एमालेमा माओवादीको भोट थपिएन, बरु मुढाले ३०९५ भोट बटुल्यो ।

चुलाचुली गाउँपालिकाले दिएको सन्देश के हो भने यहाँ एमाले र माओवादी आपसमा मिल्दा पनि पहिचानवादी शक्तिको मुकाविला चुनौतीपूर्ण देखियो । किनभने माओवादीको साथ पाउँदा पनि सुहाङले चुलाचुलीबाट डकेन्द्रको भन्दा १६९ मत मात्र बढी पाए । यो भनेको एमाले भर्सेस पहिचानवादीको सघन प्रतिस्पर्धाको स्थिति हो ।

उपनिर्वाचनको परिणाम

गत स्थानीय चुनावमा वडा तहमा कांग्रेसको जित हेर्दा पनि यहाँ उसले अहिले पाएको क्षति असामान्य देखिन्छ । कुल ६ वटा वडाहरु रहेको यस पालिकामा कांग्रेसले ५ वटा वडाहरु जितेको थियो । एमालेले एउटा पनि वडाध्यक्ष जितेको थिएन । एउटा वडा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अर्थात् लिम्बुवानले जितेको थियो ।

तर, एउटै वडा नजितेको एमालेले उपचुनावमा ३२ सय मत बटुल्दा कांग्रेस २१ सय मतका साथ तेस्रो स्थानमा खुम्चियो ।

अर्को भाषामा भन्ने हो भने चुलाचुलीमा कांग्रेसको गढ भत्कियो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ११ : ०३ बजे

नेपाल–भारत समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश

तनहुँ– तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना हुने भएको छ ।

भोलक्यानोजमाथि नेपाल ४ विकेटले विजयी : कुशल र दीपेन्द्रको अर्धशतक

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास खेलमा नेपालको राष्ट्रिय क्रिकेट

संस्कृति संरक्षाणका लागि मादल बजाउने तालिम

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्षस्थानमा

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ