किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत « Khabarhub

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको मतगणना जारी छ ।

ताजा अवस्थामा माङ्सेबुङ वडा नम्बर ५ को मतगणना सकिएको छ ।

यो वडामा प्रसिद्ध किरात धार्मिकस्थल र किरात धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास पनि छ ।

जहाँ भर्खरै सम्पन्न मतगणनाअनुसार माङ्सेबुङ वडा नम्बर ५ मा मुढा चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमलाई एकलौटी मत झरेको छ ।

माङ्सेबुङ-५ मा थेगिमलाई एकलौटी अर्थात् १०३७ मत खसेको हो ।

यहाँ दोस्रो मत नेकपा एमालेका सुहाङ नेम्बाङलाई खसेको छ । उनको पक्षमा ६८ मत आउँदा नेपाली कांग्रेसका डम्बर खड्कालाई ४७ मत परेको छ ।

माङ्सेबुङ -५ को परिणाम
मुढा-१०३७
सूर्य-६८
रुख- ४७
अन्य-२५

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ११ : १७ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।