तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित)  « Khabarhub

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट भविष्यमा नेपाललाई पनि फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

१७ औं नेपाल–चीन(तिब्बत) आर्थिक तथा व्यापार मेलाको सोमबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्दै मन्त्री भण्डारीले रेलवे सञ्जालबाट चीनको मूख्यभूमि चीन र तिब्बत जोडिएको उल्लेख गर्दै त्यहाँ बढिरहेको आर्थिक गतिविधिबाट र रेलवे नेटवर्कले भविष्यमा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

नेपाल र चीन इतिहासको लामो कालखण्डदेखि नै नजिकको व्यावसायिक सहयात्री रहेको उल्लेख गदै मन्त्री भण्डारीले उच्च हिमालय र कठिन भौगोलिक अवस्थिति नेपाल–चीन व्यापारमा कहिले पनि वाधाका रूपमा नरहेको बताए ।

उनले चीनसँग नेपालको व्यापार घाटा बढ्दै गइरहेको सन्दर्भमा त्यहाँको बजारलाई हेरी चिनियाँ लगानी औद्योगिक उत्पादनको विकास र विस्तार गर्न सकिनेमा जोड दिए । उनले व्यापार मेला दुई देशबीच व्यापार प्रवर्द्धन गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा रहने उल्लेख गरे।

मेला यही वैशाख २२ गतेसम्म सञ्चालन हुनेछ ।  मेलामा ५० चिनियाँ र १५ नेपाली व्यापारिक कक्ष राखिएका छन् । नेपाली कक्षहरूमा नेपालबाट चीन निर्यात हुने करिब ४० निर्यातयोग्य वस्तु राखिएका छन् । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा प्रत्येक दुई–दुई वर्षमा आलोपालो हुने गरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता बमोजिम यस पटक नेपालमा मेला आयोजना गरिएको हो ।

भिडियाे हेर्नुहाेस् :

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ३ : २८ बजे

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, सचेत रहन आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको छ । रसुवाका

सर्वोच्चले कांग्रेसको महाधिवेशन रोक्ने सम्भावना देख्दिनँ : उपसभापति शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको