‘पूर्णबहादुरको सारङ्गी’ : कसको जोडी बन्दैछिन् अञ्जना ? « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’ : कसको जोडी बन्दैछिन् अञ्जना ?


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्ध भएकी छन् । निर्माण पक्षले लिखित सम्झौतापछि बुधबार उनी अनुबन्ध भएको सार्वजनिक गरेको हो । 

फिल्मका लेखक एवं निर्देशक सरोज पौडेलका अनुसार अञ्जना केन्द्रीय भूमिकाका लागि अनुबन्ध भएकी हुन् ।

यस फिल्मको केन्द्रीय भूमिकाका लागि नायकतर्फ विजय बराल, मुकुन भुसाल र गायक प्रकाश सपूत अनुबन्ध भइसकेका छन् । अञ्जना यी मध्ये कसको जोडी बन्नेबारे निर्माण पक्षले खुलाएको छैन । 

स्रोतका अनुसार यस फिल्ममा नायकहरुमध्ये विजयको भूमिका अझ बढी सशक्त छ । 

निर्देशक पौडेलका अनुसार यो फिल्म गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’ हो । जेठ २२ बाट छायांकनमा निस्कने तयारीमा रहेको निर्माण पक्ष अहिले ‘वर्कसप’मा व्यस्त छ । प्रदर्शनमा मिति २०८२ साललाई तोकिएको छ । 

यसमा भोलाराज सापकोटा, विनोद न्यौपाने, देशभक्त खनाललगायतको अभिनय रहने बताइएको छ । सेभेज सिज इन्टरमेन्टको प्रस्तुती रहने यस फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १२ : ५३ बजे

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप