आजका समाचार : धान दिवसमा राष्ट्रपति पौडेल बाउसे, बाइडेनलाई राष्ट्रपति उम्मेदवारबाटै हटाइँदै? | Khabarhub Khabarhub

आजका समाचार : धान दिवसमा राष्ट्रपति पौडेल बाउसे, बाइडेनलाई राष्ट्रपति उम्मेदवारबाटै हटाइँदै?


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानको उत्पादन वृद्धि गरिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विकास कार्यालय चितवन र बछौली बहुउद्देश्यीय कृषक समूह रत्ननगरले संयुक्तरुपमा आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा प्रधानमन्त्री दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए ।


कृषि क्षेत्रको व्यवसायिकरण र विविधिकरण मार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलवायुमैत्री प्रविधिको अवलम्बन गरेर उत्पादन वृद्धि गर्न र धान तथा चामलको आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

धान दिवसमा राष्ट्रपति पौडेल बने बाउसे

धान उत्पादन बढाउन आवश्यक : राष्ट्रपति

ताप्लेजुङमा पनि धान दिवस मनाइयो

राष्ट्रिय धान दिवस

कृषि पेसाप्रति युवापुस्ताको आकर्षण बढाउनुपर्छ : मुख्यमन्त्री कार्की

वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिष्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताएका छन्।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको बताए।

‘रुसमा ३५ नेपालीको मृत्यु भइसक्यो, प्रधानमन्त्री र परराष्ट्रमन्त्री के गर्दै हुनुहुन्छ ?’

अब वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाटै

गुटबन्दीकै कारण पार्टीले ठूलो धक्का खाएको छ : माधव नेपाल

एकीकृत समाजवादीको महाधिवेशनको तयारी पूरा

कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ परेका छन् । उनलाई गएराति कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप छ ।


यसअघि हिजो प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गरेको थियो । उनी काठमाडौंको बौद्धबाट पक्राउ परेका थिए । उनी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थिए ।

लालीगुराँस बहुउद्देश्यीय सहकारीका सञ्चालक पक्राउ

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

बर्दियामा घरपालुवा जनावर मार्ने चितुवा नियन्त्रणमा लिइयो

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

बाइडेनलाई राष्ट्रपति उम्मेदवारबाटै हटाइँदैछ ?
अमेरिकामा राष्ट्रपतीय निर्वाचन अन्तर्गत पहिलो प्रेसिडेन्सीयल बहस सकिएको छ । त्यसको नतिजा वर्तमान राष्ट्रपति जो बाइडेनका लागि प्रत्युत्पादक देखिएको छ ।

बहसका क्रममा राष्ट्रपति बाइडेनको स्वास्थ्य ठिक नरहेको प्रष्ट देख्न सकिन्थ्यो । उनले बोल्न संघर्ष गरिरहेको टेलिभिजनमा देखिएको थियो ।


बिहीबार भएको बहस क्रममा बाइडेनको पहिलो लक्ष्य आफ्नो उमेरलाई लिएर छाएको अन्योलता मेटाउनु थियो । तर बहस पश्चात बाइडेनको उमेरलाई लिएर बढिरहेको चिन्ता थपिएको छ ।

केही डेमोक्रेटिक नेताहरूले सीएनएनका पत्रकारलाई ८१ वर्षीय बाइडेनले अब आफ्नो पद छाड्न सक्ने सूचना पठाएको बीबीसीले दाबी गरेको छ ।

रूसको सीमावर्ती गाउँमा युक्रेनी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

केन्यामा भएको सरकारविरोधी प्रदर्शनमा ३० जनाको मृत्यु

पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु

लद्दाखको सीमा नजिकै आएको बाढीमा परी पाँच सैनिकको मृत्यु

सन् २०५० सम्म भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने

भारतमा सूचना प्रविधि सेवाको क्षेत्र ६.६ प्रतिशतले वृद्धि

श्रीलंकामा खाद्यान्नको मूल्य वृद्धि

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ८ : ०२ बजे

मङ्गलबारसम्म बन्न सक्छ काङ्ग्रेस-एमाले गठबन्धन सरकार

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बन्ने

एकल महिला समूहले स्थापना गर्यो ‘शान्ति ग्यालरी’

काठमाडौं । मानव अधिकारका लागि महिला, एकल महिला समूहले बूढानीलकण्ठ–७

चीनद्वारा डिजिटल सवारी दर्ता लाइसेन्स जारी

बेइजिङ – चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार ६० सहरमा सवारी

मधेश प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा सुरक्षा

रोल्पा जीप दुर्घटना : सात जनाको मृत्यु, सात घाइते (अपडेट)

रोल्पा – रोल्पाको माडी गाउँपालिका–४ परेवाछहरामा जीप दुर्घटना हुँदा ज्यान