बाढीपहिरोका कारण चीनतर्फका दुवै नाका बन्द, दशैं लक्षित सामग्रीको आपूर्तिमा समस्या | Khabarhub Khabarhub

बाढीपहिरोका कारण चीनतर्फका दुवै नाका बन्द, दशैं लक्षित सामग्रीको आपूर्तिमा समस्या


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दशैं नजिकिँदै गर्दा चीनतर्फबाट सामग्री आयात गर्ने मुख्य तातोपानी नाका बन्द हुन पुगेको छ । पछिल्लो समयमा आएको बाढीको कारण पहिरोले सडकमा क्षति पुर्‍याएको र बेलिब्रिज पुल बगाएपछि सवारी साधनको आवतजावत बन्द हुन पुगेको हो । जसले गर्दा दशैं लक्षित सामग्रीको आपूर्तिमा समस्या सिर्जना भएको छ ।

तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीका अनुसार तातोपानी नाका नजिकको तिपिङदेखि लार्चा बिचमा पर्ने तिपिङ खोलामा पुल र सडकबीचकोको सम्बन्ध विच्छेद भएकाले सवारी साधन ओहोरदोहोर गर्न नसक्ने अवस्था छ । साथै बाढीले भन्सार कार्यालय भएको लार्पा नजिकको भोटेकोशीको बेलिब्रिज पुल पनि बगाएको छ । जसले गर्दा अहिले सडक यातायात पूर्णरूपमा सम्बन्ध विच्छेद भएको अवस्था भएको उनले बताए ।

दशैं लक्षित गरेर नेपाल ल्याउनको लागि सीमा नजिक क्षेत्रमा आइपुगेका ठूलो संख्याका कन्टेनरहरू अलपत्र पर्न पुगेको उनले खबरहबलाई जानकारी दिएका छन् ।

तातोपानी नाकामा समस्या हुँदा रसुवाको नाका प्रयोग गर्ने हो र रसुवाको नाकामा समस्या हुँदा तातोपानी नाका प्रयोग गर्ने हो’, उनले भने, ‘अहिले रसुवा नाकामा पनि समस्या भएको हुँदा कन्टेनरहरू बीचमा नै अलपत्र पर्ने अवस्था बनेको छ ।

चीनबाट आयातित सामग्री फेरि फर्काएर दक्षिणको मार्गबाट ल्याउने सम्भावना पनि कम भएको भन्दै उनले लामो समय नाकामा सामग्री अलपत्र पर्ने अवस्था देखिएको बताए ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय रसुवाले पनि पछिल्लो वर्षाले केरुङतर्फको सडक संरचनामा क्षति पुगेको कारणले यातायात सुचारु हुन केही समय लाग्ने बताएको छ । चीनतर्फको दुवै नाकाको सञ्चालनमा कठिनाइ हुँदा चाडपर्व लक्षित र जाडोयामको लागि आयात हुने सामग्रीमा समस्या हुने देखिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : ५३ बजे

राप्रपामा विभागीय प्रमुख हेरफेर र मनोनयन, राजनीतिक विभागमा रवीन्द्र

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केही विभाग प्रमुखहरूको

विपद् र संक्रमण व्यवस्थापनमा चुकिरहेको नेतृत्व

आर्थिक इतिहास विश्लेषण गर्दा नेपाली अर्थतन्त्र पटकपटक सङ्क्रमणमा पर्दै आएको

भोलिबाट श्री एयरलाइन्सले काठमाडौँ-भरतपुर उडान भर्ने

चितवन– श्री एयरलाइन्सले भोलिदेखि काठमाडौंँ-भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ

बंगलादेशसँग विद्युत् व्यापार सम्झौता, १० वर्षमा ५ हजार मेगावाट लैजाने लक्ष्य

काठमाडौं– नेपाल र बंगलादेशबीच विद्युत किनबेचसम्बन्धी सम्झौता भएको छ। यससँगै

जब अबोध नातिले काखमा लुटुपुटु गराएका निस्प्राण बाजे-बज्यै देखे…

काठमाडौं- गत शनिबार बिहान ७० वर्षीय चेतमान तामाङ र उनकी