उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह « Khabarhub

उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई आग्रह गरेका छन् ।

समाजकल्याण परिषद्का अध्यक्षसमेत रहेका मन्त्री सुडीले आज परिषद्मा आकस्मिक बैठक आह्वान गरी देशभर बाढीपहिरोले ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न सबै सरोकार भएका निकायलाई अनुरोध गरेका हुन् ।

मन्त्री सुडीले नेपालले पछिल्लो केही समययता कल्पना नगरेको विपद्को सामना गर्नुपरेको भन्दै विगतमा बाढी नआउने क्षेत्रमा पनि अहिले बाढीपहिरो आएकाले ठूलो जनधनको क्षति हुनुका साथै कष्टको सामना गर्नुपरेको उल्लेख गरे  ।

‘अहिले मुलुक बाढीपहिरोबाट आक्रान्त बनेको छ । यसले ठूलोमात्रामा जनधनको क्षति गरेको छ । क्षतिको अझै पूर्ण विवरण आउन बाँकी छ’, मन्त्री सुडीले भने, ‘सरकारले अहिलेसम्म सकेको प्रयासहरू गर्दै आएको छ । नेपाली सेना, प्रहरी, जनपथ सक्रिय रूपमा उद्धार तथा राहतको कार्यमा लाग्नुभएको छ । आजको दुर्भाग्यपूर्ण अवस्थामा तपाई हरू सबैलाई उद्धार तथा राहतमा लाग्न आग्रह गर्दछु ।’

यही असोज १० गतेदेखि परेको अविरल वर्षापछि भएको मानवीय तथा भौतिक क्षतिको घटनामा तत्काल आवश्यक उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्‍याउन समाजकल्याण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक सङ्घसंस्थालाई आग्रह गरेको हो ।

परिषद्ले एक सूचना जारी गर्दै बाढीपहिराले ठूलोमात्रामा मानवीय तथा भौतिक क्षति हुन गई जनजीवन प्रभावित भएकोप्रति दुःख व्यक्त गर्दै आवश्यक उद्धार तथा सहयोगमा पुर्‍याउन आह्वान गरेको छ ।

परिषद्का उपाध्यक्ष नन्दलाल माझीले विपद्मा सबै एकजुट भएर सहकार्य गर्नुपर्ने बताउँदै जनताको कसरी सेवा गर्न सकिन्छ भन्ने लक्ष्यका साथ सहयोग गर्न सङ्घसंस्थालाई आग्रह गरे ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एआइएन)का अध्यक्ष शङ्करप्रसाद कलौनीले पहिलो चरणको उद्धार र राहतमा खटिएका सबैप्रति सम्मान व्यक्त गर्दै विपद्को समयमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सरोकार भएकासँग छलफल गरी सहयोगका लागि आवश्यक योजना बनाइएको बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ५ : ५४ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा