दूध बेचेर वार्षिक आठ लाख आम्दानी  | Khabarhub Khabarhub

दूध बेचेर वार्षिक आठ लाख आम्दानी 


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चौतारा – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैँसी पालेर वार्षिक रु दुई करोड ९८ लाख ८७ हजार एकै गाउँका किसानले कमाउन सफल भएका छन् ।  

विन्जेल तल्लागाउँका डिल्लीराम नेपाल गत एक वर्षमा १२ हजार ५१७ लिटर दूध बेचेर आठ लाख १२ हजार ४५५ कमाउन सफल भएका छन् । सोही टोलका ताराप्रसाद नेपाल संस्थामा धेरै दूध बेच्नेमध्ये दोस्रो नम्बरका किसान हुन्। उनले एक वर्षमा नौ हजार ८९६ लिटर दूध बिक्री गरेर छ लाख १६ हजार ३२० कमाउन सफल भएका छन् ।

तोयानाथ नेपाल र रवीन्द्रबहादुर नेपाल पनि संस्थामा धेरै दूध बेच्चे किसानमा पर्छन् । तोयानाथले एक वर्षमा आठ हजार ५४० लिटर दूध बेचेर पाँच लाख ४८ हजार ४४३ कमाएका छन भने रवीन्द्रले आठ हजार एकसय ४७ लिटर दूध बेचेर रु पाँच लाख १३ हजार ७०० हात पारेका छन् । 

एकै गाउँमा दुग्ध पदार्थ उत्पादन गर्ने जिल्लाकै उत्कृष्ट मानिएको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाबाट गत आवमा तीन लाख ७९ हजार १६१ लिटर दूध बेचेर रु दुई करोड ८९ लाख ७८ हजार गाउँमा भित्रिएको अध्यक्ष यदुनाथ नेपालले जानकारी दिए । 

चार सय ४८ शेयर सदस्य रहेको संस्थाले नियमितरूपमा बचत तथा ऋण कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थामा रु एक करोड २३ लाख १० हजार बचत तथा एक करोड एक लाख ४७ हजार ऋण लगानी गरिएको संस्थाका व्यवस्थापक द्वारिका नेपाल बताउँछन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १ : ०१ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।