अर्थसंक्षेप : शेयर बजारमा रौनक, दूध बेचेर वार्षिक आठ लाख आम्दानी | Khabarhub Khabarhub

अर्थसंक्षेप : शेयर बजारमा रौनक, दूध बेचेर वार्षिक आठ लाख आम्दानी


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । यस्तै,बागलुङ – जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले वार्षिक १२ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

प्रमुख आर्थिक समाचार :

दूध बेचेर वार्षिक आठ लाख आम्दानी

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैँसी पालेर वार्षिक रु दुई करोड ९८ लाख ८७ हजार एकै गाउँका किसानले कमाउन सफल भएका छन् ।

विन्जेल तल्लागाउँका डिल्लीराम नेपाल गत एक वर्षमा १२ हजार ५१७ लिटर दूध बेचेर आठ लाख १२ हजार ४५५ कमाउन सफल भएका छन् । सोही टोलका ताराप्रसाद नेपाल संस्थामा धेरै दूध बेच्नेमध्ये दोस्रो नम्बरका किसान हुन्। उनले एक वर्षमा नौ हजार ८९६ लिटर दूध बिक्री गरेर छ लाख १६ हजार ३२० कमाउन सफल भएका छन् ।

तोयानाथ नेपाल र रवीन्द्रबहादुर नेपाल पनि संस्थामा धेरै दूध बेच्चे किसानमा पर्छन् । तोयानाथले एक वर्षमा आठ हजार ५४० लिटर दूध बेचेर पाँच लाख ४८ हजार ४४३ कमाएका छन भने रवीन्द्रले आठ हजार एकसय ४७ लिटर दूध बेचेर रु पाँच लाख १३ हजार ७०० हात पारेका छन् ।

७४ वर्षीय वृद्धको महको गुलियो व्यापार

३१ वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आएका जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्याय ।

बागलुङ – जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन्। मौरीपालनबाट उनले वार्षिक १२ देखि १५ लाखसम्म आम्दनी गर्छन्।

घर्कंदो उमेरमा पनि उनी हट्टाकट्टा देखिन्छन्। काम गर्ने जोस जाँगर पनि युवाको जत्तिकै छ। उपाध्यायको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन्। मौरीको घुनुघुनु आवाजसँगै सुरु हुने उपाध्यायको दैनिकी बारीमा काम गरेर बित्ने गरेको छ।

धनतेरसमा पनि जनकपुरधामका सुन व्यवसायीमा छैन उत्साह

सुनको भाउ निरन्तर रुपमा बढिरहँदा जनकपुरधाममा गरगहनाको मागमा कमी आएको छ । यसको असर प्रत्यक्ष रुपमा जनकपुरधामस्थित सोनरपट्टी बजारमा देखिएको छ । करिब एक साताअघि देखि नै निकै तामझाम र सुनचाँदीको पसललाई आकर्षक रुपमा साजसज्जा गरिए पनि पसलमा ग्राहकहरूको भीडभाड उत्साहजनक नरहेको एक सुन पसलेले बताए ।

सुनको मूल्य बढिरहँदा जनकपुरधाम बजारमा भने सुनको माग निरन्तर घटिरहेकोले सुन व्यवसायीमा उत्साह छैन । प्रत्येक वर्ष बडादसैँ, दीपावली र छठ पर्वको अवसरमा विशेषगरी बिक्री हुने सुनचाँदीको गरगहना पसलेहरू यसपटक भने प्रायः अत्यावश्यक बाहेकका उपभोक्ताले खरिद नगरेको उनीहरु बताउँछन् ।

चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससंग सम्बन्धित उद्योगी व्यवसायीबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ ।

चेम्बर अध्यक्ष कमलेस कुमार अग्रवाल सहितका पदाधिकारीसमक्ष युनान प्रान्तमा विभिन्न व्यवसायिक क्षेत्रको नेतृत्व गर्दै आएका उद्यमी व्यवसायीहरूले लगानी र व्यापार सहजीकरणबारे छलफल गरेका थिए ।

खासगरी उद्योग, व्यापार र सेवा क्षेत्रमा सम्भाव्य लगानीका क्षेत्रहरूको पहिचान र दुई पक्षीय हित प्रर्वद्धन गर्न सकिने खालको प्रस्ताव ल्याउन अध्यक्ष अग्रवालले चिनियाँ व्यवसायी समक्ष आग्रह गरे ।

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

आज सुनको मूल्य नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो ।

यसअघि सोमबार सुन तोलाको एक लाख ६७ हजारमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर २१०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

जलजलामा पर्यटन बढाउन वर्षमान नेतृत्वमा आवासीय पदयात्रा

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को नेतृत्वमा रोल्पाको लिवाङदेखि प्रसिद्ध पर्यटकीयस्थल जलजलासम्मको पदयात्रा सुरु भएको छ ।
उत्कृष्ट पर्यटकीय गन्तव्य जलजला क्षेत्रको प्रवर्द्धनका लागि ‘घुम्न जाऔँ जलजला’ भन्ने नारासहित आवासीय पदयात्रा सुरु गरिएको हो ।

सोमबार सदरमुकाम लिवाङबाट हिँडेको करिब ५० जनाको टोली राति ओखरेनीमा बास बसेर मंगलबार अपराह्न जलजलाको टाकुरमा पुगेको छ ।

टोलीमा नेता पुनसहित पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुन, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र घर्ती थापासहित १० वटा पालिकाका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्य, उपप्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी प्रहरी प्रमुख डिएसपी भरत लामा, उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशव आचार्यसहित व्यवसायी, सञ्चारकर्मी, साहित्यकार, कलाकार छन् ।

चितवनमा सयपत्री फूलखेती गर्ने घटे

जिल्लामा गत वर्षको तुलनामा यस वर्ष फूलखेती घटेको छ । तिहारको समयलाई लक्षित गर्दै लगाइँदै आइएको सयपत्री फूलको क्षेत्रफल यस वर्ष घटेको हो ।

फ्लोरिकल्चर एसोसिएसनका जिल्ला अध्यक्ष तेजेन्द्र सापकोटाका अनुसार गत वर्ष तिहारको समयलाई लक्षित गर्दै ५० बिगाहा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको थियो । अहिले सो क्षेत्रफल घटेर ४० बिगाहामा झरेको छ । अहिले तिहार लक्षित फूलखेती गर्ने किसानको सङ्ख्या पनि घटेको उनले जानकारी दिए।

उनले भने, ‘गत वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले फूलखेती गरेका थिए, अहिले गरेनन् ।’ गत वर्ष जिल्लामा लगाइएको फूल बिक्री हुनसमेत निकै समस्या भएको उनले बताए।

महानगरले काठमाडौंका ५२ पसलबाट जफत ग¥यो प्लास्टिकका फूलमाला

काठमाडौँ महानगरपालिकाको कालिमाटी– कुलेश्वर– टंकेश्वर एरियाको ३२ वटा पसलमा अनुगमन गर्दा प्लास्टिकजन्य फूलमाला बिक्री गरिरहेको पाइएकोले महानगर प्रहरीले सो फूलमाला जफत गरेको छ।

त्यसैगरी मंगलबार नै लाजिम्पाट ,रानीबारी ,बाँसबारी सुकेधारा लगायतका २० वटा पसलबाट पनि प्लास्टिकजन्य फूलमाला जफत गरिएको छ । महानगरले स्वदेशी फूलमाला बिक्रीलाई प्रोत्साहित गर्न नगर प्रहरी खटाएर प्लास्टिक र कागजका जफत अभियान चलाइको हो ।

यसअघि महानगरका मेयर बालेन शाहले प्लास्टिकका फूलहरू बिक्री बितरण गरेमा कारबाही गरिने सूचना जारी गरिसकेका छन् । महानगरले काठमाडौंका ४६ स्थानमा स्वदेशी फूलमाला कृषकले बेच्ने व्यवस्था गरेको छ ।

विपद्ले लम्बिए निर्माणाधीन बृहत् खानेपानी आयोजना

काभ्रेपलाञ्चोकमा दुई स्थानीय तहमा सञ्चालित बृहत् खानेपानी आयोजनामा गत महिनाको बाढीपहिरोले ठूलो क्षति पु¥यायो । गत असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीपहिराले तेमाल गाउँपालिका र पाँचखाल नगरपालिकामा सञ्चालित निर्माणाधीन खानेपानी आयोजनामा क्षति पुगेपछि समयमै सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसक्ने हुँदा तोकिएको समयमा स्थानीय नागरिकले खानेपानी उपभोग गर्नबाट वञ्चित बन्न पुगेका हुन् ।
तेमालमा ५५ हजार स्थानीयका लागि सञ्चालित खानेपानी आयोजनाको प्रारम्भिक मूल्याङ्कनअनुसार आठ करोडका संरचनामा क्षति पुगेको जनाइएको छ । उपभोक्ता समितिका अनुसार खानेपानीको स्रोतका रुपमा रहेका मुहान क्षेत्र सुनकोशी नदी किनारमा एउटा मुख्य ट्याङ्की पूर्ण रुपमा पुरिएको छ ।

शेयर बजारमा फर्कियो रौनक, ४६ अंकले बढ्यो नेप्से

मंगलबार शेयर बजारमा पुनः रौनक फर्किएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४६.६९ अंकले बढेसँगै बजारमा रौनक फर्किएको हो ।

नेप्से १.७६ प्रतिशतले बढेर २६९२.०५ विन्दुमा पुगेको छ । दिनभरमा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार बारबारको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर कारोबार भएको छ ।

२२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३१९ वटा कम्पनी कारोबारमा आउँदा ६८ हजार ६१४ पटक शेयर किनबेच भएको छ । आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ६ : १० बजे

इजरायली आक्रमणमा प्यालेष्टिनी प्रहरी प्रमुखसहित २५ व्यक्तिको मृत्यु

गाजा – इजरायलले दक्षिणी गाजामा घोषित एक मानवीय क्षेत्रमा रातभर

बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको

विमानको आपतकालीन ढोका खोल्ने यात्रुलाई जरिवाना

काठमाडौं – विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको

बर्दिया अस्पतालमा नसर्ने रोगको निःशुल्क उपचार

बर्दिया – बर्दिया अस्पतालमा पेन–प्लस क्लिनिकमार्फत नगसर्ने रोगको निःशुल्क उपचार

दुई प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल

गुल्मी – कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएको छ