एनपीएलको मस्कट ‘जीत’, मार्की खेलाडीले भने- उत्साहित छौँ (तस्बिरहरू) | Khabarhub Khabarhub

एनपीएलको मस्कट ‘जीत’, मार्की खेलाडीले भने- उत्साहित छौँ (तस्बिरहरू)


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबारदेखि सुरु हुने पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक मस्कट कीर्तिपुर क्रिकेट स्टेडियममा शुक्रबार सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रममार्फत् एनपीएलको आधिकारिक मस्कट सार्वजनिक गरेको हो ।

एनपीएलको मस्कट ‘जीत हिउँ चितुवा’  राखिएको छ । एनपीएलमा विभिन्न प्रदेशसहितबाट ८ फेन्चाइजी टोली भिड्दैछन् ।

शनिबार उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुने क्यानले जनाएको छ ।

प्रतियोगिताअघि शुक्रबार त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एनपीएलको सबै तयारी पूरा भएको बताए ।

नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुराउने क्यानको प्रयासमा सबैले सहयोग गरेको पनि उनले बताए ।

एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

टीमका मार्की खेलाडीहले एनपीएलप्रति निकै उत्साहित भएको बताएका छन् । त्यस्तै उनीहरूले टीमको प्रशिक्षण राम्रो भएको तथा टीम सेट भएको पनि बताए ।

एनपीएलका लागि त्रिवि क्रिकेट मैदानको पिचदेखि प्याराफिटसम्ममा परिवर्तन गरिएको छ । भीआईपी सिटलाई पनि बढाइएको छ ।

    

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ६ : ४७ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ