मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग | Khabarhub Khabarhub

मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिल्लाको मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग गर्दै आज ध्यानाकर्षणपत्र बुझाइएको छ । विमानस्थल पुनःसञ्चालन समिति कञ्चनपुरका पदाधिकारीले उनलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)का लागि वन तथा वातावरण मन्त्रालयले सहमति नदिँदा विमानस्थल पुनःनिर्माणमा ढिलाइ भरहेको भन्दै सो कार्य तत्काल अगाडि बढाउन आग्रह गरिएको कञ्चनपुर होटल व्यवसायी सङ्घका पूर्वअध्यक्ष परमानन्द भण्डारीले जानकारी दिए ।

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री ठकुरीले निर्माण कार्यमा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । यसअघि विमानस्थलको पुनःनिर्माण भइरहेको धावनमार्ग, एप्रोन, कार पार्किङ, नालासहितको कामको अनुगमनसमेत गरेका थिए ।

विसं २०२४ मा निर्माण भई विसं २०५६ सम्म विमानस्थल सञ्चालनमा रहेको थियो । तत्कालीन माओवादी सशस्त्र विद्रोह सुरु भएपछि विमानस्थल सुरक्षाको कारण देखाउँदै बन्द गरिएको हो । विमानस्थल पुनःसञ्चालन गर्नका लागि विसं २०७७ फागुन ३ गते पर्यटन मन्त्रालयमा भएको सहमतिअनुसार ५० प्रतिशत सङ्घीय, २५ प्रतिशत प्रदेश सरकार, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधारा चाँदनी नगरपालिकाले बेहोर्ने सहमति भएको थियो ।

सम्झौताअनुसार ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भइसकेको छ तर हालको क्षेत्र विस्तार गर्न दक्षिणतर्फ छ सय ६५ मिटर थप्ने घोषणा गरिएको थियो ।

विमानस्थल सञ्चालनमा आएमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा पर्यापर्यटन फस्टाउनुका साथै दोधारा चाँदनीमा निर्माण भइरहेको सुख्खा बन्दरगाह, दैजिछेलामा बन्ने औद्योगीक क्षेत्र, महाकाली करिडोरलगायतको महत्व बढ्ने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीको भनाइ छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १० : १९ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी