मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग « Khabarhub

मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिल्लाको मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग गर्दै आज ध्यानाकर्षणपत्र बुझाइएको छ । विमानस्थल पुनःसञ्चालन समिति कञ्चनपुरका पदाधिकारीले उनलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)का लागि वन तथा वातावरण मन्त्रालयले सहमति नदिँदा विमानस्थल पुनःनिर्माणमा ढिलाइ भरहेको भन्दै सो कार्य तत्काल अगाडि बढाउन आग्रह गरिएको कञ्चनपुर होटल व्यवसायी सङ्घका पूर्वअध्यक्ष परमानन्द भण्डारीले जानकारी दिए ।

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री ठकुरीले निर्माण कार्यमा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । यसअघि विमानस्थलको पुनःनिर्माण भइरहेको धावनमार्ग, एप्रोन, कार पार्किङ, नालासहितको कामको अनुगमनसमेत गरेका थिए ।

विसं २०२४ मा निर्माण भई विसं २०५६ सम्म विमानस्थल सञ्चालनमा रहेको थियो । तत्कालीन माओवादी सशस्त्र विद्रोह सुरु भएपछि विमानस्थल सुरक्षाको कारण देखाउँदै बन्द गरिएको हो । विमानस्थल पुनःसञ्चालन गर्नका लागि विसं २०७७ फागुन ३ गते पर्यटन मन्त्रालयमा भएको सहमतिअनुसार ५० प्रतिशत सङ्घीय, २५ प्रतिशत प्रदेश सरकार, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधारा चाँदनी नगरपालिकाले बेहोर्ने सहमति भएको थियो ।

सम्झौताअनुसार ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भइसकेको छ तर हालको क्षेत्र विस्तार गर्न दक्षिणतर्फ छ सय ६५ मिटर थप्ने घोषणा गरिएको थियो ।

विमानस्थल सञ्चालनमा आएमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा पर्यापर्यटन फस्टाउनुका साथै दोधारा चाँदनीमा निर्माण भइरहेको सुख्खा बन्दरगाह, दैजिछेलामा बन्ने औद्योगीक क्षेत्र, महाकाली करिडोरलगायतको महत्व बढ्ने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीको भनाइ छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १० : १९ बजे

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका