आज २०८१ साल पुस १४ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस १४ गते आइतबारको राशिफल


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस १४ गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर २९ तारिख। पौष कृष्ण पक्षको चतुर्दशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। हरेक काममा बाधा र अवरोध हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ। स्वास्थ्यमा भने सुधार हुने योग छ।

वृष : मनमा खुशी मिल्नेछ। थोरै लगानी गरे पनि फाइदा हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ। विपक्षी शान्त बन्नेछन्। अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ।

मिथुन : अनुत्पादक क्षेत्रमा खर्च हुँदा मन अशान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक र बौद्धिक साथीले असहयोग गर्नेछन्। लगानी गर्दा सचेत बन्नुपर्नेछ। एकल भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ। कृषि क्षेत्रको काममा सफलता मिल्नेछ।

कर्कट : अढैया शनिका कारण मनमा अशान्ति बढ्नेछ। थालेका काममा बाधा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। धार्मिक क्षेत्रका अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंह : लगानीका क्षेत्रमा ठुलो लगानी गर्ने सोच नबनाएकै राम्रो हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ। हरेक काममा स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ।

कन्या : साथीभाइको लहिलहीमा लागेर खर्च गर्ने बानीको कटौती गर्नुपर्नेछ। बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : चन्द्रमा अनुकुल भएकाले दिन सहज बन्नेछ। तपाईंको गला र कलाको प्रशंसा हुनेछ। आम्दानी बढ्नेछ। विपक्षी साथीले साथ दिनेछन्। राजनीतिक क्षेत्रमा सक्रिय भए समाजसेवाको अवसर मिल्नेछ। परिवारमा भने तपाईंको कुरा नबिक्ने जोखिम छ।

वृश्चिक : समय राम्रो छ। साथीभाइले साथ दिनेछन्। दैनिकी सुचारु गर्न हिम्मत गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ।

धनु : कृषि क्षेत्रको कर्ममा सफलता मिल्नेछ। फलफूल र दूधको व्यापार फस्टाउनेछ। नयाँ योजना बनाउने दिन हो। शिक्षाको क्षेत्रमा गरेको लगानीमा भने ढिलासुस्ती हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : दिन सामान्य छ। अन्त्य साढेसाती दशा भएकाले साना कुराले मनमा चिन्ता बढ्नेछ। ठुला योजनामा हात नलगाउनु राम्रो हुनेछ। स्वास्थ्यले राम्रो साथ दिएकाले मनमा शान्ति मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : सानो कुराले सताउने छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। बिहान उठेर पिपलको दर्शन गरेमा मन शान्त बन्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

मीन : दिन सामान्य राम्रो छ। १२ औं स्थानमा शनि भएकाले मनमा खटपटी बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। श्रम र मेहनतलाई प्राथमिकतामा राखेर अगाडि बढेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ५ : १२ बजे

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते

मतदाता नामावली भोलिदेखि संकलन गरिँदै

काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि

इरान-इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित

एजेन्सी– अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानमाथि संयुक्त रूपमा