पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किन खोज्नु स्वागतयोग्य : शंकर पोखरेल « Khabarhub

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किन खोज्नु स्वागतयोग्य : शंकर पोखरेल


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- सत्तारूढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि राजनीतिमा आउन खोजेको भए स्वागतयोग्य रहेको बताएका छन् ।

महोत्तरीको रामगोपालपुरमा आयोजित पार्टी प्रवेशत तथा अन्तरक्रिया कार्यक्रममा भाग लिएर जनकपुर पुगेका महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले भने, ‘पूर्वराष्ट्रपतिज्यू पुनः समाजसेवामा सक्रिय हुन चाहनुहुन्छ भने स्वागतयोग्य हो,’ उनले भने ।

महासचिव पोखरेलले एमाले अहिले पार्टीको महाधिवेशनभन्दा बढी मिसन ०८४ मा केन्द्रित भएको पनि बताए ।

यदि भण्डारी सक्रिय राजनीतिमा आए प्रधानमन्त्री एमव् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन सक्ने अनुमान छ । ११औँ महाधिवेशनमा अध्यक्ष उठेर भण्डारीले एमालेको राजनीतिमा कमब्याक गर्ने चर्चा छ । त्यहीक्रममा महासचिव पोखरेलले भण्डारीलाई सक्रिय राजनीतिमा निम्तो दिने गरी स्वागतयोग्य भनेर टिप्पणी गरेका हुन् ।

पूर्व राष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा आउन चाहेपछि पार्टीभित्र ध्रुवीकरण भइरहेको छ । दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीले एमालेमा फर्किने संकेत गरेसँगै ओलीइत्तर नेताहरू उनको निवास भंगालमा धाइरहेका छन् ।

अहिले ओली क्याम्पकै र उनीबाट पेलिएकाहरू पनि भण्डारीलाई हौस्याउँदै उनको निवास पुगिरहेका छन् ।

एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितका नेताहरू भण्डारीका लागि लबिङइ गरिरहेका छन् ।

पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटा र सुदूरपश्चिमका नेता कर्ण थापा पनि भण्डारीको पक्षमा लबिइङ गरिरहेका छन् । उत कोशीका पूर्वमुख्यमन्त्री शेरधन राई पनि भण्डारीकै पक्षमा छन् । उनी भण्डारीको संरक्षण प्राप्त नेतामध्ये एक हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय एमालेका भ्रातृसंगठनले गर्ने कार्यक्रममा आफूलाई सक्रिय बनाइरहेकी छन् । उनले जिल्लाबाट आएका आफूनिकट नेता कार्यकर्तालाई पनि सुझाव माग्दै भेटलाई तीव्र पारिरहेकी छन् ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ३ : ०७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले